बिहीबार, असोज १५ २०७७ | Thu, October 01, 2020
नेपालको समय: १६:०४ | UK Time: 11:19

एनआरएन सहमति कार्यान्वयन विवाद चुलियो:योगेन नछाड्ने, महेन्द्र लिएरै छाड्ने

वीनेपाली
२०७१ भदौ १८ गते २:१४

nrn

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतभित्र चक्रीय प्रणालीमा कार्यकारी अधिकार बांड्ने सहमति कार्यान्वयन गर्न संरक्षक प्रा.डा. सूर्य सुवेदीको अध्यक्षतामा बसेको वैठक बिषय प्रवेश नै नगरी टुङ्गिएको छ ।

संघका अध्यक्ष योगेन क्षेत्री र सहअध्यक्ष महेन्द्र कंडेलवीच सहमति कार्यान्वयनका बिषयमा तीव्र विवादपछि एनआरएनए यूके संरक्षक प्रा. डा. सुवेदीले डाकेको वैठक बिना निष्कर्ष टुङ्गिएको हो । गत २९ सेप्टेवर २०१३ मा दुई चिरा हुन लागेको एनआरएनए यूकेलाई प्रा. डा सुवेदीले लन्डनस्थित नेपाली दूतावासमा असाधरण एकता सम्मेलन मार्फत बचाएका थिए ।

फार्नवरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा सोमबार साँझ आकस्मिक बसेको बैठकमा सुवेदीले चक्रीय प्रणाली अन्तर्गत नेतृत्व हस्तान्तरण गर्न गत २९ सेप्टेवर २०१३ को असाधारण एकता सम्मेलनको सहमति कार्यान्वयनको प्रयास गरेका थिए । तर, नेतृत्व हस्तान्तरण गर्न सहमति जनाउनुको सट्टा अध्यक्ष क्षेत्रीले एनआरएनए यूकेलाई प्रा डा. सुवेदीले काउन्सिल बैठकमा गैरकानुनी संस्था भनेको र तत्कालिन अध्यक्ष जीवा लामिछाने र संस्थापक अध्यक्ष उपेन्द्र महतोको समर्थनमा यूकेको विवाद मिलाएको भन्ने अभिव्यक्तिमा सत्यता नभएको दावी गर्दै पद नछोड्ने जिकिर गरे ।
‘प्रा. सुवेदी कानुनवीद हुन्, उनले के आधारमा एनआरएनए यूके विवाद मिलाए त्यो पुष्टी गर्न एनआरएनए आइसीसीबाट प्रमाणित गराउनु पर्छ’, क्षेत्रीले वीनेपालीसँग भने, ‘यूकेको विवाद मिलाउने हो भने तत्कालिन अध्यक्ष लामिछाने र संस्थापक अध्यक्ष महतोको लिखित पत्र अव कार्यसमितिलाई हस्तान्तरण गर्नु पर्छ । अनि सहमति पूर्ण रुपमा कार्यान्वयन हुन्छ ।’

वैठकमा क्षेत्रीले सुवेदीले एनआरएनए यूकेलाई  सार्वजनिक रुपमा गैरकानुनी भनेकोमा जवाफ माग गरेका थिए । उनले औपचारिक धारणासहितको पत्रसमेत सुवेदीलाई बुझाएको स्रोतले बतायो । ‘सहमतिलाई आइसीसीले स्वीकार नगरी विकल्प केही आउन सक्दैन’,  क्षेत्रीले भने । स्रोतका अनुसार केन्द्रले मान्यता नदिंदासम्म पद नत्याग्ने अडानमा क्षेत्री छन् । यद्यपि गत बर्ष भएको चक्रिय प्रणालीमा नेतृत्व लिने सहमतिमा क्षेत्रीले हस्ताक्षर भने गरेका थिए ।

यता, सहअध्यक्ष कंडेलले प्रा. डा. सुवेदीले गत बर्षको नेतृत्व हस्तान्तरणको सहमति कार्यान्वयन गर्न वोलाएको बैठकलाई क्षेत्रीले बिषयान्तर गरेको दावी गरे । क्षेत्रीका आसेपासेले वैठक संचालनमा अवरोध गरेका कारण बैठक विना निष्कर्ष टुङ्गिएको दावी कंडेलको छ । ‘संरक्षक सुवेदीलाई बोल्न दिनुको सट्टा अवरोध गरि बिषयान्तर गर्ने काम क्षेत्रीबाट भयो’, कंडेलले वीनेपालीसँग भने ।
स्रोतका अनुसार गत बर्ष दूतावासमा भएको सहमति कार्यान्वयन नभए कंडेल सो सहमतिको आधारमा आफूलाई अध्यक्ष घोषणा गरी अघि बढने तयारीमा जुटेका छन् । सो बैठकमा एनआरएनए यूके पदाधिकारीलाई बोल्न अनुमति थियो । तर विवाद लम्बिदै जांदा दुई घण्टा भन्दा बढी समयसम्म चलेको बैठक विना उपलव्धी टुङ्गिएको छ । बैठकमा क्षेत्री र कंडेलले पाँच/पाँच मिनेट आ आफ्ना कुरा राख्दै नेतृत्व दावी नछाड्ने अडान लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक