एन्फा कप फुटबल प्रतियोगिताको पहिलो खेलमा झापा ए डिभिजनको क्लब मनाङ मर्स्याङदी क्लबलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा झापाले मनाङलाई २–१ ले पराजित गरेको हो।
झापाका लागि दुवै गोल विशाल राईले गरेका थिए । मनाङका लागि एक गोल दीपक राईले गरेका थिए । विशाल राईले खेलको १३ र ६८ औं मिनेट गोल गरेका थिए भने दीपकले ५३ औं मिनेटमा गोल गर्दै मनाङलाई खेलमा फर्काउने कोसिस गरेका थिए ।
नट आउट प्रतियोगितामा सहभागी अन्य टिममा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, संकटा क्लब, थ्रिस्टार, मोरङ रहेको छ । प्रतियोगिताको विजयी टोलीले १० लाख रुपैया नगद हात पार्ने छ । उप विजेताले ५ लाख र सेमीफाइनलमा प्रवेश गर्ने टोलीले १ लाख रुपैया हात पार्ने छन् । प्रत्येक विधाको उत्कृष्ट खेलाडीहरु र प्रशिक्षकले जनही ५० हजार रुपैया हात पार्ने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन्।
तस्वीर सौजन्य : गोल नेपाल डट कम
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित