सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: ११:२० | UK Time: 06:35

विद्युत व्यापार सम्झौता गर्न कार्यदल

वीनेपाली
२०७१ भदौ १७ गते १२:२१

सरकारले भारतसँग विद्युत व्यापार सम्झौता गर्न सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षत्रीको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

भारतसँग सम्झौताको बारेमा वार्ता गर्न क्षत्री नेतृत्वको टोली बुधबार नयाँ दिल्ली जाने मन्त्रिपरिषदका प्रवक्ता मिनेन्द्र रिजालले बताए ।

यसअघि भारतीय पक्षले बुधबारदेखि तीन दिन वार्ताका गर्नका आग्रह गर्दै पत्र पठाएको थियो । नेपालका प्रधानमन्त्री सुशील कोइराला र उनको भारतीय समकक्षी नरेन्द्र मोदीबीच गत महिना  ४५ दिनभित्र पिटिए गर्ने सहमति भएको थियो । भारतीय पक्षले india-nepal-विद्युत विकास सम्झौता र विद्युत व्यापार सम्झौता एकै पटक गर्ने प्रस्ताव गर्दै सम्झौताको मस्यौदा पठाएको थियो । तर नेपालका राजनीतिक दलहरुबीच दुवै सम्झौता फरक फरक निर्णय गरेका थिए । नेकपा-माओवादी सहित १० राजनीतिक दलले भने सम्झौताको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक