सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का महासचिव अर्जुनबहादुर थापालाई फिर्ता बोलाउने विषयमा विवाद देखिएको छ ।
रिपब्लिकका दैनिकअनुसार एमाले शीर्ष नेताहरुले थापालाई फिर्ता बोलाएर सो स्थानमा अन्य व्यक्तिलाई पठाउनु प्रधानमन्त्री सुशील कोइरालालाई दवाव दिइरहेको र नमानेको पछि विवाद उत्पन्न भएको हो । एमालेको एउटा समूहले खिलराज रेग्मीको अध्यक्षतामा रहेको सरकारले थापालाई सार्कको महासचिव बनाउन गरेको सिफारिसदेखिनै विरोध गर्दै आएको छ । परराष्ट्र मन्त्रालयको सचिव हुँदै थापा गत फागुन १८ गते महासचिवमा नियुक्ति भएका थिए । सुविधाको कारण आकर्षक मानिने महासचिवको कार्यकाल तीन वर्षको हुन्छ । अंग्रेजी वर्णामालाअनुसार सार्कका आठ वटै देशले पालैपालो महासचिव नियुक्त गर्न पाउँछ । थापालाई परिवर्तन गराउन असारमा भएको महाधिवेशन अघिसम्म तत्कालिन अध्यक्ष झलनाथ खनाल र महाधिवेशत पछि नयाँ अध्यक्ष केपी शर्मा ओली र परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले निरन्तर रुपमा दवाव दिँदै आएका छन् । प्रधानमन्त्री कोइरालाले भने समयावधी नसकिदै फिर्ता बोलाउदा कुटनीतिक क्षेत्रमा सन्देश राम्रो नजाने अस्वीकार गर्दै आएको रिपब्लिकाले लेखेको छ । कोइरालाले मंसिरमा नेपपालमा हुने सार्कको शिखर र रेग्मी सरकारले गरेको नियुक्ति गरेको मानिसलाई फिर्ता बोलाउँदा विवादमा परिने भन्दै अस्वीकार गर्दै आएका छन् । एमालेले थापाको स्थानमा गैर सरकारी संस्था चलाउँदै आएका अर्जुन कार्कीलाई पठाउन चाहेको छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी