सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का महासचिव अर्जुनबहादुर थापालाई फिर्ता बोलाउने विषयमा विवाद देखिएको छ ।
रिपब्लिकका दैनिकअनुसार एमाले शीर्ष नेताहरुले थापालाई फिर्ता बोलाएर सो स्थानमा अन्य व्यक्तिलाई पठाउनु प्रधानमन्त्री सुशील कोइरालालाई दवाव दिइरहेको र नमानेको पछि विवाद उत्पन्न भएको हो । एमालेको एउटा समूहले खिलराज रेग्मीको अध्यक्षतामा रहेको सरकारले थापालाई सार्कको महासचिव बनाउन गरेको सिफारिसदेखिनै विरोध गर्दै आएको छ । परराष्ट्र मन्त्रालयको सचिव हुँदै थापा गत फागुन १८ गते महासचिवमा नियुक्ति भएका थिए । सुविधाको कारण आकर्षक मानिने महासचिवको कार्यकाल तीन वर्षको हुन्छ । अंग्रेजी वर्णामालाअनुसार सार्कका आठ वटै देशले पालैपालो महासचिव नियुक्त गर्न पाउँछ । थापालाई परिवर्तन गराउन असारमा भएको महाधिवेशन अघिसम्म तत्कालिन अध्यक्ष झलनाथ खनाल र महाधिवेशत पछि नयाँ अध्यक्ष केपी शर्मा ओली र परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले निरन्तर रुपमा दवाव दिँदै आएका छन् । प्रधानमन्त्री कोइरालाले भने समयावधी नसकिदै फिर्ता बोलाउदा कुटनीतिक क्षेत्रमा सन्देश राम्रो नजाने अस्वीकार गर्दै आएको रिपब्लिकाले लेखेको छ । कोइरालाले मंसिरमा नेपपालमा हुने सार्कको शिखर र रेग्मी सरकारले गरेको नियुक्ति गरेको मानिसलाई फिर्ता बोलाउँदा विवादमा परिने भन्दै अस्वीकार गर्दै आएका छन् । एमालेले थापाको स्थानमा गैर सरकारी संस्था चलाउँदै आएका अर्जुन कार्कीलाई पठाउन चाहेको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान