नेपाली कांग्रेसका भ्रातृ संगठन नेविसंघ भदौ अन्तिम साता ११ औं महाधिवेशनमा गर्ने तयारीमा जुटेको छ । औपचारिक रुपमा चार मिति घोषणा हुदै स्थगित भएपछि राजनीतिक वृत्तमा नेविसंघको महाधिवेशन मजाकका विषय बन्न पुगेको छ । नेवि संघका प्रवक्ता युपी लामिछाने यसपटक महाधिवेशन निर्धारित समयमै हुने बताउँछन् ।
‘यसपटक निर्धारित मितिमै महाधिवेशन हुने छ । यसपटक पार्टीका नेताहरुले महाधिवेशन निर्धारित मितिमै गराउन गम्भीर भएर लाग्नु भएको छ,’ लामिछानेले भने, ‘सबै जिल्ला र क्याम्पस विवाद समाधान गरेर महाधिवेशनमा पुग्ने तयारीमा छौ । अधिवेशन हुनै नसकेका जिल्ला र क्याम्पसलाई छाडेर भए पनि महाधिवेशन हुन्छ ।’ महामन्त्री प्रकाशमान सिंह नेविसंघको महाधिवेशनलाई प्रतिष्ठाको विषय बनाउँदै तयारीमा जुटेका छन् । 
लामिछानेले नेविसंघको सोमबारसम्ममा ६३ जिल्लाको अधिवेशन सकिएको बताए । रामेछाप, पाल्पा, रुपन्देही, बैतडी, बारा, पर्सा, भक्तपुरसहितका जिल्लामा नेविसंघको आन्तरिक विवाद छ । त्यस्तै, अमृत साइन्स, सरस्वती, पद्मकन्यासहितका क्याम्पसमा पनि आन्तरिक विवादले अधिवेशन हुन सकेको छैन । आन्तरिक विवादका कारण यसअघि चारपटक घोषणा भएको मितिमा नेविसंघको महाविधेशन हुन सकेको थिएन । नेविसंघको २०६४ जेठपछि महाधिवेशन भएको छैन । २०६८ माघमा पार्टीले रञ्जित कर्णलाई अध्यक्ष बनाउँदै ६ महिनाभित्र महाधिवेशन गराउने जिम्मेवारी दिएको थियो । पार्टी केन्द्रीय समितिले २०६८ असोज ३ गते छवटै भ्रातृ संगठन विघटन गरेको थियो । र, चार महिनापछि माघ २२ गते महाधिवेशन आयोजक समिति संयोजक तोकिएको थियो ।
राजधानीको वाल्मीकि क्याम्पसमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले संघको ११ आंै महाधिवेशन भदौ २९ गते उद्घाटन गर्नेछन् भने बन्दसत्र केन्द्रीय क्याम्पस कीर्तिपुरमा हुने लामिछानेले जानकारी दिए ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी