नेपाली कांग्रेसका भ्रातृ संगठन नेविसंघ भदौ अन्तिम साता ११ औं महाधिवेशनमा गर्ने तयारीमा जुटेको छ । औपचारिक रुपमा चार मिति घोषणा हुदै स्थगित भएपछि राजनीतिक वृत्तमा नेविसंघको महाधिवेशन मजाकका विषय बन्न पुगेको छ । नेवि संघका प्रवक्ता युपी लामिछाने यसपटक महाधिवेशन निर्धारित समयमै हुने बताउँछन् ।
‘यसपटक निर्धारित मितिमै महाधिवेशन हुने छ । यसपटक पार्टीका नेताहरुले महाधिवेशन निर्धारित मितिमै गराउन गम्भीर भएर लाग्नु भएको छ,’ लामिछानेले भने, ‘सबै जिल्ला र क्याम्पस विवाद समाधान गरेर महाधिवेशनमा पुग्ने तयारीमा छौ । अधिवेशन हुनै नसकेका जिल्ला र क्याम्पसलाई छाडेर भए पनि महाधिवेशन हुन्छ ।’ महामन्त्री प्रकाशमान सिंह नेविसंघको महाधिवेशनलाई प्रतिष्ठाको विषय बनाउँदै तयारीमा जुटेका छन् । 
लामिछानेले नेविसंघको सोमबारसम्ममा ६३ जिल्लाको अधिवेशन सकिएको बताए । रामेछाप, पाल्पा, रुपन्देही, बैतडी, बारा, पर्सा, भक्तपुरसहितका जिल्लामा नेविसंघको आन्तरिक विवाद छ । त्यस्तै, अमृत साइन्स, सरस्वती, पद्मकन्यासहितका क्याम्पसमा पनि आन्तरिक विवादले अधिवेशन हुन सकेको छैन । आन्तरिक विवादका कारण यसअघि चारपटक घोषणा भएको मितिमा नेविसंघको महाविधेशन हुन सकेको थिएन । नेविसंघको २०६४ जेठपछि महाधिवेशन भएको छैन । २०६८ माघमा पार्टीले रञ्जित कर्णलाई अध्यक्ष बनाउँदै ६ महिनाभित्र महाधिवेशन गराउने जिम्मेवारी दिएको थियो । पार्टी केन्द्रीय समितिले २०६८ असोज ३ गते छवटै भ्रातृ संगठन विघटन गरेको थियो । र, चार महिनापछि माघ २२ गते महाधिवेशन आयोजक समिति संयोजक तोकिएको थियो ।
राजधानीको वाल्मीकि क्याम्पसमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले संघको ११ आंै महाधिवेशन भदौ २९ गते उद्घाटन गर्नेछन् भने बन्दसत्र केन्द्रीय क्याम्पस कीर्तिपुरमा हुने लामिछानेले जानकारी दिए ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान