काठमाडौं, भदौ १६ (नागरिक)– प्रधानमन्त्री सुशील कोइरालाले नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपतिमा प्राध्यापक डा. जीवराज पोखरेललाई नियुक्त गरेका छन् ।
नास्टका कुलपति रहेका कोइरालाले सोमबार ललितपुर निवासी पोखरेललाई उपकुलपति नियुक्त गरेका हुन् । उपकुलपतिको पदावधि ४ वर्षको रहनेछ । उपकुलपति सिफारिस गर्न विज्ञान, प्रविधि र वातावरण मन्त्रीको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेल र विज्ञान, प्रविधि र वातावरण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेले रहेको एक समिति बनेको थियो । समितिले डा. पोखरेललाई सर्वसम्मत सिफारिस गरेको थियो । कांग्रेस निकट पोखरेल यसअघि नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष समेत थिए । 
विज्ञान, प्रविधि र वातावरणमन्त्री नास्टको पदेन सहकुलपति रहने प्रावधान छ ।
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो