काठमाडौं, भदौ १६ (नागरिक)– प्रधानमन्त्री सुशील कोइरालाले नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपतिमा प्राध्यापक डा. जीवराज पोखरेललाई नियुक्त गरेका छन् ।
नास्टका कुलपति रहेका कोइरालाले सोमबार ललितपुर निवासी पोखरेललाई उपकुलपति नियुक्त गरेका हुन् । उपकुलपतिको पदावधि ४ वर्षको रहनेछ । उपकुलपति सिफारिस गर्न विज्ञान, प्रविधि र वातावरण मन्त्रीको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेल र विज्ञान, प्रविधि र वातावरण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेले रहेको एक समिति बनेको थियो । समितिले डा. पोखरेललाई सर्वसम्मत सिफारिस गरेको थियो । कांग्रेस निकट पोखरेल यसअघि नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष समेत थिए । 
विज्ञान, प्रविधि र वातावरणमन्त्री नास्टको पदेन सहकुलपति रहने प्रावधान छ ।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने