लन्डन । अन्य दश प्रतिष्पर्धीलाई उछिन्दै मिस यूके नेपाल २०१४ को ताज प्रतियोगी
नम्बर १० की निया देवानले जितेकी छिन् । बेलायतको अल्डरसटस्थित प्रिन्सेस्
हलमा आइतबार राती आयोजित चौंथो मिस यूके नेपाल ग्रान्ड फिनालेमा
आसफोर्ड केन्टकी २० वर्षीया देवानले उक्त ताजसहित आठसय पाउण्ड जितेकी
हुन् । प्रतियोगितामा इष्टवर्नकी २१ वर्षीया सुमी श्रेष्ठ फष्ट रनरअप र उल्भरह्
याम्पटन निवासी २० वर्षीया आर्या शर्मा सेकेन्ड रनरअप भए । २२ वर्षीया रोजी
अर्यालले मिस फोटोजेनिक उपाधि जितिन् । मिस ट्यालेन्ट र मिस पर्सनालिटी उपाधि सुस्मिता थापाको पोल्टामा परेको छ ।
मिस क्याटवाक भइन् निता तामाङ । संगीतकार न्हू बज्राचार्य प्रमुख निर्णायक तथा डा. कपिल रिजाल, नवल गुरुङ, विराज भट्ट,
राजेन्द्र भट्ट, श्रद्धा सिला लिम्बु र उपमेयर विष्णु गुरुङ सम्मिलित निर्णायक मण्डलले सुन्दरीहरुलाई उपाधि छानेको हो ।
इभेण्ट एण्ड आइडियाज्ले गरेको उक्त प्रतियोगितामा आर्या, निया, सुमी, सुस्मिता
थापा र जेनी गुरुङ टप फाइभमा पर्न सफल भएका थिए ।
मिस यूके नेपाल २०१४ मा आर्या, नर्थहोल्ट लन्डनकी २२ वर्षीया निता तामाङ, रेडिङ बस्ने सपना श्रेष्ठ (२२), रोजी,
फार्नवोरोकी १७ वर्षीया यमुना नेम्वाङ लिम्बु, वेम्ली लन्डन बस्ने जेनी गुरुङ (२१), हेजकी पोसकुमारी गाह (२१), निया देवान, सुमी श्रेष्ठ,
२३ वर्षीया सुस्मिता थापा र त्यही उमेरकी नतासा लिम्बु भिडेका थिए । यसपटक कोरियोग्राफी नायिका एवं मोडल सब्रिना श्रेष्ठले गरेकी थिइन् ।
बेलायतका लागि नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री प्रमुख अतिथी रहेको
उक्त कार्यक्रममा इभेण्ट एण्ड आइडियाज्की संस्थापक एवं निर्देशक शान्ति गुरुङले
विजयी सबैलाई शुभकामना एवं सहयोगीप्रति आभार व्यक्त गरिन् । कार्यक्रममा धर्मेन्द्र सेवानले गायन र स्थानीय कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।
कलाकारले दिवंगत नायक श्रीकृष्ण श्रेष्ठको गीतमा समेत नृत्य देखाए ।
सन् २०१० देखि शुरु भएको मिस यूके नेपालको पहिलो उपाधि नवीना गुरुङले जितेकी थिइन् । त्यसपछि गौमाया गुरुङ (२०११) र
दुर्गा गुरुङ (२०१२) मिस यूके नेपाल बन्ने भाग्यमानी थिए । गत वर्ष भने पर्याप्त प्रतियोगी नहुंदा प्रतियोगिता स्थगित गरिएको थियो ।
तस्विर सौजन्यः नरेन्द्र बस्नेत
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला