लन्डन । अन्य दश प्रतिष्पर्धीलाई उछिन्दै मिस यूके नेपाल २०१४ को ताज प्रतियोगी
नम्बर १० की निया देवानले जितेकी छिन् । बेलायतको अल्डरसटस्थित प्रिन्सेस्
हलमा आइतबार राती आयोजित चौंथो मिस यूके नेपाल ग्रान्ड फिनालेमा
आसफोर्ड केन्टकी २० वर्षीया देवानले उक्त ताजसहित आठसय पाउण्ड जितेकी
हुन् । प्रतियोगितामा इष्टवर्नकी २१ वर्षीया सुमी श्रेष्ठ फष्ट रनरअप र उल्भरह्
याम्पटन निवासी २० वर्षीया आर्या शर्मा सेकेन्ड रनरअप भए । २२ वर्षीया रोजी
अर्यालले मिस फोटोजेनिक उपाधि जितिन् । मिस ट्यालेन्ट र मिस पर्सनालिटी उपाधि सुस्मिता थापाको पोल्टामा परेको छ ।
मिस क्याटवाक भइन् निता तामाङ । संगीतकार न्हू बज्राचार्य प्रमुख निर्णायक तथा डा. कपिल रिजाल, नवल गुरुङ, विराज भट्ट,
राजेन्द्र भट्ट, श्रद्धा सिला लिम्बु र उपमेयर विष्णु गुरुङ सम्मिलित निर्णायक मण्डलले सुन्दरीहरुलाई उपाधि छानेको हो ।
इभेण्ट एण्ड आइडियाज्ले गरेको उक्त प्रतियोगितामा आर्या, निया, सुमी, सुस्मिता
थापा र जेनी गुरुङ टप फाइभमा पर्न सफल भएका थिए ।
मिस यूके नेपाल २०१४ मा आर्या, नर्थहोल्ट लन्डनकी २२ वर्षीया निता तामाङ, रेडिङ बस्ने सपना श्रेष्ठ (२२), रोजी,
फार्नवोरोकी १७ वर्षीया यमुना नेम्वाङ लिम्बु, वेम्ली लन्डन बस्ने जेनी गुरुङ (२१), हेजकी पोसकुमारी गाह (२१), निया देवान, सुमी श्रेष्ठ,
२३ वर्षीया सुस्मिता थापा र त्यही उमेरकी नतासा लिम्बु भिडेका थिए । यसपटक कोरियोग्राफी नायिका एवं मोडल सब्रिना श्रेष्ठले गरेकी थिइन् ।
बेलायतका लागि नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री प्रमुख अतिथी रहेको
उक्त कार्यक्रममा इभेण्ट एण्ड आइडियाज्की संस्थापक एवं निर्देशक शान्ति गुरुङले
विजयी सबैलाई शुभकामना एवं सहयोगीप्रति आभार व्यक्त गरिन् । कार्यक्रममा धर्मेन्द्र सेवानले गायन र स्थानीय कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।
कलाकारले दिवंगत नायक श्रीकृष्ण श्रेष्ठको गीतमा समेत नृत्य देखाए ।
सन् २०१० देखि शुरु भएको मिस यूके नेपालको पहिलो उपाधि नवीना गुरुङले जितेकी थिइन् । त्यसपछि गौमाया गुरुङ (२०११) र
दुर्गा गुरुङ (२०१२) मिस यूके नेपाल बन्ने भाग्यमानी थिए । गत वर्ष भने पर्याप्त प्रतियोगी नहुंदा प्रतियोगिता स्थगित गरिएको थियो ।
तस्विर सौजन्यः नरेन्द्र बस्नेत
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य