राजधानीबाट मंगलाबार प्रकाशित हुने दैनिक पत्रिकाले पहिरोले पुर्दा ६ जनाको मृत्यु र ३ जना वेपत्ता रहेको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । अन्नपूर्ण पोस्ट्ले प्रहरीको हतियार खरिदमा बजारमूल्यभन्दा बढी भुक्तानी दिएको विषयलाई प्रमुख समाचार बनाएको छ। अंग्रेजी दैनिक रिपब्लिकाले सत्तारुढ दल उच्च स्तरीय राजनीतिक सयन्त्र बनाउन अस्वीकार गरिए तिब्बतबाट सुनको तस्करी बढेको तीन सातामा १६ केजी सुन बरामद भएको पुनरावेदन अदालतको मुख्य न्यायाधीश नियुक्तिमा साढे २ महिनादेखि पटक पटक बैठक भएपनि सहमति जुट्न नसकेको र नेपालले अागामी दिनमा थप प्रतिकुल मौसमी अवस्था सामना गर्नु पर्ने खतरा रहेका समाचारलाई पहिलो पृष्ठमा छापेको छ ।
कान्तिपुर दैनिकले उच्चस्तरीय राजनीतिक समितिबारे किचलोलाई प्रमुख समाचार बनाएको छ । सो प्रत्रिकाले नेकपा-माओवादी निकट कर्मचारीको कारण पत्रिकाका प्रकाशन वितरणमा अवरुद्ध पारेको घटनालाई पहिलो पृष्ठमा स्थान दिएको छ भने प्राथमिकताकै आयोजनामा आलटाल भएको अर्को समाचार प्रकाशित गरेको छ । सरकारले बजेटमा प्राथमिकतामा पारेका अायाेजना मन्त्रालयहरुको लापरवाहीको कारण अन्याेलमा परेको सो समाचार उल्लेख छ । तोकिएको समय काटे पनि ९० प्रतिशत आयोजना स्वीकृतिका लागि राष्ट्रिय योजना आयोग नपठाइएको बताइएको छ ।
नागरिक दैनिकले भने मलेसियामा ११ महिना जेल परेका १० नेपाली कामदार उद्दार पछि स्वेदश फर्किएको समाचारलाई मुख्य समाचार बनाएको छ । त्यसैगरी महात्मा गान्धीको जीवनीमाथि फिल्म बनाउने रिचर्ड एटेनबराको निधन भएको समाचारलाई प्राथमिकता दिएको छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी