राजधानीबाट मंगलाबार प्रकाशित हुने दैनिक पत्रिकाले पहिरोले पुर्दा ६ जनाको मृत्यु र ३ जना वेपत्ता रहेको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । अन्नपूर्ण पोस्ट्ले प्रहरीको हतियार खरिदमा बजारमूल्यभन्दा बढी भुक्तानी दिएको विषयलाई प्रमुख समाचार बनाएको छ। अंग्रेजी दैनिक रिपब्लिकाले सत्तारुढ दल उच्च स्तरीय राजनीतिक सयन्त्र बनाउन अस्वीकार गरिए तिब्बतबाट सुनको तस्करी बढेको तीन सातामा १६ केजी सुन बरामद भएको पुनरावेदन अदालतको मुख्य न्यायाधीश नियुक्तिमा साढे २ महिनादेखि पटक पटक बैठक भएपनि सहमति जुट्न नसकेको र नेपालले अागामी दिनमा थप प्रतिकुल मौसमी अवस्था सामना गर्नु पर्ने खतरा रहेका समाचारलाई पहिलो पृष्ठमा छापेको छ ।
कान्तिपुर दैनिकले उच्चस्तरीय राजनीतिक समितिबारे किचलोलाई प्रमुख समाचार बनाएको छ । सो प्रत्रिकाले नेकपा-माओवादी निकट कर्मचारीको कारण पत्रिकाका प्रकाशन वितरणमा अवरुद्ध पारेको घटनालाई पहिलो पृष्ठमा स्थान दिएको छ भने प्राथमिकताकै आयोजनामा आलटाल भएको अर्को समाचार प्रकाशित गरेको छ । सरकारले बजेटमा प्राथमिकतामा पारेका अायाेजना मन्त्रालयहरुको लापरवाहीको कारण अन्याेलमा परेको सो समाचार उल्लेख छ । तोकिएको समय काटे पनि ९० प्रतिशत आयोजना स्वीकृतिका लागि राष्ट्रिय योजना आयोग नपठाइएको बताइएको छ ।
नागरिक दैनिकले भने मलेसियामा ११ महिना जेल परेका १० नेपाली कामदार उद्दार पछि स्वेदश फर्किएको समाचारलाई मुख्य समाचार बनाएको छ । त्यसैगरी महात्मा गान्धीको जीवनीमाथि फिल्म बनाउने रिचर्ड एटेनबराको निधन भएको समाचारलाई प्राथमिकता दिएको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान