नेपाल प्रहरीका लागि २ करोड ७४ लाख रुपैयाँमा इटालीबाट किनिएको हतियारलाई वास्तविक मूल्यभन्दा दोब्बर बढी रकम तिरेको फेला परेको छ । यो प्रकरणमा १ करोडभन्दा बढी रकम अतिरिक्त भुक्तानी गरिएको अन्नपूर्ण पोष्टले मुख्य समाचार छापेको छ ।
सो समाचारमा भनिएको छ- अन्नपूर्ण पोस्टलाई प्राप्त हतियार खरिदसम्बन्धी कागजातअनुसार इटालीको बेर्रेटा कम्पनीमा बनेकाे १२ बोर सर्टगनलाई प्रतिथान २३ सय ७० अमेरिकी डलर(२३ हजार ७ रुपैयाँ) तिरिएको छ । जम्मा सय थान सर्ट गनका लागि सरकारले २ लाख ३७ हजार अमेरिकी डलर(२ करोड ३७ लाख रुपैया) तिरेको छ । ती हतियारको वास्तविक मूल्य प्रतिथान १ हजार ३८ अमेरिकी डलर पर्छ । सोही लटमा खरिद गरिएको ९ एमएम पेस्तोलमा पनि बजार मूल्यभन्दा बढी तरिएको छ। प्रतिथान ६ सय अमेरिकी डलर पर्ने सो पेस्तोललाई ७ सय ५८ रुपैयाँ भुक्तानी दिइएको छ । सविधानसभाको निर्वाचन गराउन तत्कालीन प्रधान न्यायाधीश खिलराज रेग्मीका अध्यक्षतामा गठित मन्त्रिपरिषदले प्रहरीका लागि सो हतियार खरिद गर्ने निर्णय गरेको थियो। रेग्मीको पारिवारिक नाताभित्र पर्ने व्यापारी दीपक भट्टको फर्मलाई मात्रै सूचीकृत गरी प्रतिस्पर्धालाई बाटो बन्द गरेर हतियार खरिद प्रक्रिया अघि बढाइएको थियो । मुल्य र खरिद प्रक्रिया मिलाउन नसक्दा ती हतियार २६ दिन भन्सारै अलपत्र परेको अन्नपूर्ण पोस्टले जनाएको छ ।
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग