एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उच्चस्तरीय राजनीतिक सयन्त्र गठन नगरे संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न सोमबार साँझ बालुटावारस्थित प्रधानमन्त्री निवास पुगेका दाहालले यस्तो चेतावनी दिएका हुन् ।
‘सत्तारुढ दलहरु राजनीतिक राजनीतिक सयन्त्र गठन गर्ने पूर्व प्रतिवद्धताबाट पछि हट्नु सविधान निर्माण प्रक्रियालाई भत्काउनु र प्राप्त उपलव्धिलाई संस्थागत गर्न नखोज्नु हो’ कोइरालासँगको भेटमा दाहालको भनाई उद्धृत गर्दै उनका स्वकीय सचिव चुडामणि खड्काले भने ।
खड्काअनुसार दाहालले संसदमा पनि माग
सम्बोधन नभए सडक आन्दोलन गर्न चेतावनी दिएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीका अनुसार कोइरालाले अन्य प्रमुख दलहरुसँग समझदारी गरेर समस्या समाधान गर्न लागि परेको जानकारी दाहाललाई गराएका थिए ।
सोमबार बिहान बसेको सत्तारुढ चार दलको बैठकले सविधानसभा बाहिर यसप्रकारको समिति गठन गर्नु औचित्य नभएको निष्कर्ष निकालेको थियो। यसअघि सविधानको अन्तरबस्तुको बारेमा सहमति गर्न आइतबार बसेको तीन दलको बैठकमा कांग्रेस एमालेले समिति गठन गर्न अश्विकार गरेपछि माओवादीले बैठक बहिस्कार गरेको थियो।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी