मिनि ससद भनेर संसदीय समितिहरुले दस महिनापछि बुधबार नेतृत्व पाउने भएका छन् । संसद सचिवालयले समिति सभापति चयनका लागि बुधबार बेलुकी ५ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । व्यवस्थापिका–संसदको कार्यसञ्चालन नियमावलीमा संसदअन्तर्गत १० वटा विषयगत, एक विधायन र एक संसदीय सुनुवाइ विशेष समिति गरी १२ वटा समितिको चुनाव बुधबार हुन लागेको हो ।
व्यवस्थापिका–संसद मंगलबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
दलहरुबीच समितिहरुको भागबण्डा भैसकेको छ । जसअअनुसार मध्ये ४–४ वटाको नेतृत्व कांग्रेस र एमाले, २ वटामा एमाओवादी, राप्रपा नेपाल, मधेसवादी दल र साना दलमध्ये एकले एक–एक सभापति पाउने छन् ।
संसदीय सुनुवाइमा कुलबहादुर गुरुङ, उद्योग वाणिज्य तथा उपभोक्ता हितमा भीष्मराज आङदेम्बे, राज्य व्यवस्थामा दिलबहादुर घर्ती र कृषि तथा जलस्रोतमा गगन थापाले कांग्रेसले सभापति बनाउने भएको छ ।
एमालेको भागमा परेको अर्थ समितिमा प्रकाश ज्वाला, सुशासन तथा अनुगमन समितिमा शेरधन राई, विकासमा रविन्द्र अधिकारी र महिला, बालबालिका, जेष्ठ नागरिकमा रञ्जु झा सभापतिको रुपमा अघि सारेको छ ।
एमाओवादीको भागमा परेका दुई समितिमध्ये लेखा समिति सभापतिमा जनार्दन शर्मा चयन भइसकेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको नेतृत्व प्रभु साहले गर्ने छन् । राप्रपा नेपालले सुशीलकुमार श्रेष्ठले सामाजिक न्याय तथा मानवअधिकारमा सभापति बनाउने भएको छ ।
मधेसवादी दलका तर्फबाट फोरम लोकतान्त्रिकका जनकराज चौधरीले वातावरण संरक्षणकोे नेतृत्व गर्ने तयारी भएको छ । विधायन समितिको नेतृत्व साना दलका तर्फबाट एक नेताले गर्ने सहमति भए पनि साना दलबीच सहमति कायम हुन बाँकी नै छ ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा