संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले न्यायप्रणाली समितिको प्रतिवेदनमा रहेको संवैधानिक अदालत र संघीय न्यायिक आयोगसम्बन्धी विषयमा प्रधानन्यायाधीशसँग छलफल गर्ने भएको छ । समितिले मंगलबार बेलुका ५ बजे प्रधान न्यायाधीश दमोदारप्रसाद शर्मासँग छलफल गर्नेछ । लक्ष्मणलाल कर्ण नेतृत्वको उपसमितिले तयार पारेको सहमतिको प्रारम्भिक प्रतिवेदनअन्तर्गत संघीय न्यायिक आयोग र
संवैधानिक अदालतका सम्बन्धमा कांग्रेस र एमालेका नेताहरूले नै विरोध जनाएपछि प्रधानन्यायाधीश शर्मासँग छलफल गर्न लागिएको हो । समितिले कर्ण नेतृत्वको उपसमितिको म्याद १५ गतेसम्म थप गरेको छ । यस्तै, समिति सभापति बाबुराम भट्टराईले विभिन्न क्षेत्रका प्रतिनिधिसँग गरेको छलफलमा उठेका संविधानसँग सम्बन्धित विषयबारे प्रतिवेदन तयार पार्न सात सदस्यीय उपसमिति गठन गरिएको छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी