सत्ता साझेदार चार दलले उच्च स्तरीय राजनीतिक समिति बनाउन नसकिने जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको सत्ता साझेदार नेपाली काग्रेस, नेकपा एमाले, राप्रपा र नेकपा मालेको बैठकले संविधानसभाको कामलाई प्रभावित हुने भन्दै त्यस्तो समिति गठनलाई अस्वीकार गरेका हुन् ।
पुसमा काग्रेस र एमालेसँग भएकाे चार बुँदे सहमतिअनुसार समिति गठन गर्नु पर्ने माग प्रतिपक्षी दल एकीकृत नेकपा माअोवादीले गर्दै अाएको छ । उसले त्यस्तो समिति गठन नगरिए वार्ता समेत नबस्ने र संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ ।
त्यस्तै चार दलको बैठकले अन्तर्वस्तुमा अन्य दलसँगको वार्तामा लचिलो हुने समेत निर्णय गरेको हो। चार दल समयसीमाभित्र सहमति जुट्न नसकेका विषयलाई संविधानसभामा प्रवेश गराउने समेत उनीहरुको निर्णयमा उल्लेख छ । संविधानसभाका दुई तिहाइ मतबाट संविधान बनाउन सक्ने प्रावधान छ। चार दलको बैठकले संविधानसभाका अन्तर्वस्तुमा एकीकृत माओवादीसहित संविधानसभा भित्र र बाहिर रहेका दलसँगको छलफललाई तीव्र बनाउने निष्कर्ष निकालेका छन् ।
संघीयता, शासकीय स्वरूप, न्याय प्रणालीलगायतका विषयमा सत्ताघटक दलबीच सकेसम्म समान धारणा बनाएर जाने सहमति भएको छ । ‘संविधानका विवादित विषयमा समयको पावन्दीलाई समेत मध्यनजर गरेर सबै पक्षसँग संवाद गर्ने र सहमति जुटाउने, सहमति नजुटे प्रक्रिया (मतदान) मा पनि जानुपर्ने हुन्छ,’ एमाले उपाध्यक्ष विद्या भण्डारीले भनिन्, ‘एकीकृत माओवादीसहित सबै दलसँग वार्ता र छलफल हुन्छ ।’ नेकपा (माले) का महासचिव सिपी मैनालीले संविधानका विवादित विषय संविधानसभा प्रवेश गरिसकेको जनाउँदै सकेसम्म सहमतिबाट अघि बढ्दा संविधान निर्माण सहज हुने बताए । ‘सहमति हुन सकेन भन्ने प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढ्न सजिलो हुन सक्छ,’ मैनालीले भने, ‘त्यो प्रक्रिया थालौं भनेर प्रधानमन्त्रीले भन्नुभयो, त्यसमा हामी सहमत भयौं ।’ प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच थोरै प्रदेश बनाउने विषयमा धारणा मिले पनि शासकीय स्वरुपमा भने विपरित धारणा रहेको छ । कांग्रेस संसदीय व्यवस्थाकै पक्षमा रहेको छ भने एमाले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा छ । सशाकीय स्वरुपमा राप्रपाको धारणा भने नेपाली कांग्रेससँग मिल्छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी