काठमाडौं– नेपालले विश्व क्रिकेट लिग डिभिजन ३ का लागि बिहीबारबाट शुरु हुने बन्द प्रशिक्षणका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।
प्रतियोगिता युगान्डाको काम्पालामा कार्तिक ९ बाट १६ गतेसम्म हुनेछ। टोलीमा पारस खड्का (क्याप्टेन), ज्ञानेन्द्र मल्ल (भाइस क्याप्टेन), शरद भेषावकर, विनोद भण्डारी, शक्ति गौचन, रामनरेश गिरी, वसन्त रेग्मी, सुवास खकुरेल, जितेन्द्र मुखिया, सागर पुन, महबुब आलम, सोमपाल कामी, नरेश बुढाऐर, आरिफ शेख, प्रदिप ऐरी, पुष्प थापा, भुवन कार्की, अनिल मण्डल, अविनाश कर्ण, अमृत भट्टराई, मन्जित श्रेष्ठ, महेश क्षेत्री, राहुल विश्वकर्मा र यज्ञमान कुमाल छन्।
डिभिजन ३ मा नेपाल र आयोजक युगान्डासँगै अमेरिका, बर्मुडा सिंगापुर र मलेसिया रहेका छन्। सिगापुर र मलेसिया डिभिजन ४ बाट बढुवा भएका टोली हुन। शीर्ष २ टोली डिभिजन २ मा प्रवेश पाउने छन् । ६ टोलीले प्रतिस्पर्धा गर्ने डिभिजन २ बाट शीर्ष दुई टोली अन्तरमहादेशीय कपका लागि छनोट हुनेछन्।
जनवरीमा न्युजिल्यान्डमा भएको एकदिवसीय विश्वकप छनोटमा सहभागी नवौं भएपछि नेपाल रेलिगेसनमा परेको थियो।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की