तनहुँ । कुनै समयमा जनताको दु:खसुखमा साथ दिँदै विकास र शान्तिका आश्वासन दिँदै हिँड्ने तनहुँकी पूर्व सभासद् हसिना बेगम यतिबेला आफैँ प्राकृतिक विपद्बाट प्रभावित बनेकी छिन् ।
सेती नदी कटानले घरमा धाँजा फाटेपछि शुक्लागण्डकी नगरपालिका वडा नं ३ निवासी बेगम अहिले त्रिपालमुनी दिन बिताउन बाध्य भएकी छिन् ।
नदी कटानले ३४ घर जोखिममा पारेपछि नगरपालिका कार्यालयले पञ्चमुनि उच्चमाविको खाली रहेको करिब पाँच रोपनी जग्गामा पाल टाँगेर १७ जना परिवारलाई स्थास्तानान्तरण गरेको छ ।
नदी कटानबाट जोखिममा परेकामध्ये १७ परिवारलाई सुरक्षित स्थानमा सारिएको र बांकीले भने आफन्तको शरण लिएको पूर्व सभासद् बेगमले जानकारी दिइन् ।
सोही स्थानमा चुरा पोते बिक्री गरेर जीविकोपार्जन गर्दै आएकी पूर्व सभासद् बेगम अहिले बेलचौतारास्थित देवरको घरमा सामान राखेर त्रिपालमुनि बस्दैछिन् ।
सरकारले यहाँको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउनुपर्ने उनले बताइन् ।
पूर्व सभासद् हसिना बेगम २०६४ सालमा नेकपा एमालेबाट सभासद् भएकी थिइन् ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी