तनहुँ । कुनै समयमा जनताको दु:खसुखमा साथ दिँदै विकास र शान्तिका आश्वासन दिँदै हिँड्ने तनहुँकी पूर्व सभासद् हसिना बेगम यतिबेला आफैँ प्राकृतिक विपद्बाट प्रभावित बनेकी छिन् ।
सेती नदी कटानले घरमा धाँजा फाटेपछि शुक्लागण्डकी नगरपालिका वडा नं ३ निवासी बेगम अहिले त्रिपालमुनी दिन बिताउन बाध्य भएकी छिन् ।
नदी कटानले ३४ घर जोखिममा पारेपछि नगरपालिका कार्यालयले पञ्चमुनि उच्चमाविको खाली रहेको करिब पाँच रोपनी जग्गामा पाल टाँगेर १७ जना परिवारलाई स्थास्तानान्तरण गरेको छ ।
नदी कटानबाट जोखिममा परेकामध्ये १७ परिवारलाई सुरक्षित स्थानमा सारिएको र बांकीले भने आफन्तको शरण लिएको पूर्व सभासद् बेगमले जानकारी दिइन् ।
सोही स्थानमा चुरा पोते बिक्री गरेर जीविकोपार्जन गर्दै आएकी पूर्व सभासद् बेगम अहिले बेलचौतारास्थित देवरको घरमा सामान राखेर त्रिपालमुनि बस्दैछिन् ।
सरकारले यहाँको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउनुपर्ने उनले बताइन् ।
पूर्व सभासद् हसिना बेगम २०६४ सालमा नेकपा एमालेबाट सभासद् भएकी थिइन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित