लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, युके र एभरेष्ट टाइम्स साप्ताहिकको संयुक्त आयोजनामा यहाा एक दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा कान्तिपुर दैनिकका समाचार संयोजक खिम घले तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय अध्यक्ष एवं एबीसी टेलिभिजनका प्रमुख समाचारदाता डण्ड गुरुङले प्रशिक्षण दिएका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष किरण टी लिम्बुको अध्यक्षतामा सम्पन्न सो तालिममा घलेले समाचार, संकलन, लेखन, समाचारका आधारभूत तत्वहरुबारे जानकारी गराएका थिए ।
उनले वर्तमान नेपाली पत्रकारिताको चरित्र चित्रण गर्दै समाचार लेखनमा पत्रकारका सामाजिक र साास्कृतिक धरातलले प्रभाव पार्ने बताए । त्यसैले आफूहरुले समाचार कक्ष समावेशी र विविधतायुक्त हुनुपर्छ भन्दै आएको पनि उनले प्रष्ट पारे । आदिवासी जनजाति, मधेसी, महिला र दलितहरुको नेपाली पत्रकारितामा उपस्थिति विगतको तुलनामा बढे पनि अत्यन्तै न्यून रहेको उनको धारणा थियो ।
युकेमा नेपाली मिडियाले सामुदायिक पत्रकारिताको भूमिका खेल्नपर्ने उनको सुझाव थियो । सामुदायिक मिडिया पाठकको सुखदुखको साथी बन्न सक्नुपर्ने र उनीहरुलाई परिआएको समस्यामा सहयोग गर्नसक्ने हुनुपर्ने उनले बताए ।
यहाा हुर्किरहेका नेपाली नवपुस्तालाई नेपालबाट अलग हुन नदिन पनि सामुदायिक मिडियाको भूमिका रहने उनको भनाइ थियो ।
अर्का प्रशिक्षक गुरुङले नेपाल आदिवासी जनजाति पत्रकार महासंघको गठन र यसका आगामी कार्यबारे प्रकाश पार्दै नेपाली पत्रकारिता समग्र नेपाली समाजको प्रतिनिधित्व गर्न असमर्थ रहेको बताए । नेपाल सयौा फूलको फूलबारी भए पनि नेपाली पत्रकारितामा भने एउटा मात्र फूल फूलिरहेको ब्यंग्य उनले गरे ।
नेपाली पत्रकारितालाई सााच्चिकै आवाजविहीनहरुको आवाज बनाउन आफूहरुले नीतिगत संरचना परिवर्तनका लागि पैरवी गर्दै आएको उल्लेख गर्न उनले छुटाएनन् । नेपाल पत्रकार महासंघको पछिल्लो महाधिवेसनमा समावेशी विधान पारित गराएर केही सफलता प्राप्त गर्न सकेको उनको धारणा थियो ।
कार्यक्रममा एभरेष्ट टाइम्स प्रालिका अध्यक्ष मे. रि. कुलबहादुर थापामगरले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ, युकेका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीमगर, नेपाल आदिवासी जनजाति महिला महासंघ, युकेकी अध्यक्ष कमला थापा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, युकेका पूर्व अध्यक्ष पूर्ण गुरुङको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन एभरेष्ट टाइम्स प्रालिका प्रवन्ध सञ्चालक दुत पुन र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, युकेकी सचिव प्रमिला लाबुङ राईले गरेका थिए । प्रशिक्षणमा सहभागीहरुलाई प्रशिक्षकद्वय घले र गुरुङले प्रमाण पत्र वितरण गरेका थिए ।
प्रशिक्षणमा सहभागी हुन आसफोर्ड, रेडिङ, स्वीण्डन, लण्डनबाट प्रशिक्षार्थीहरु आएका थिए ।
फोनिजको आयोजनामा अर्को तालिम आसफोर्ड केन्टमा अगष्ट ३१ मा हुंदैछ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला