काठमाडौं – नेपालमा पहिलोपटक क्वाक र चेङ्गु नामले चिनिने दुवै प्रजातिका जनावर पत्ता लगाइएको छ । राष्ट्रिय प्राकृतिक संरक्षण कोषले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गरेर दुई नयाँ प्रजातिका जनावर भेटिएको जनाएको छ । अनुसन्धाताहरूले अन्नपूर्ण संरक्षण क्षेत्रको उपल्लो क्षेत्रमा यी जनावर फेला पारेका हुन् । यी दुवै जनावर हिमाली क्षेत्रमा पाइने स्पष्ट भएको छ ।
कोषका अधिकृत मधु क्षेत्रीले स्थानीय भाषामा क्वाक र चेङ्गु नामले चिनिने दुवै प्रजातिलाई असार ९ र १२ गते पत्ता लगाइएको जानकारी दिए । यी दुवै जनावर लामो समयदेखि नेपालमा रहिआएको भए पनि कुन स्थानमा र कहाँ रहन्छ भन्ने यकिन भने भएको थिएन । यी दुई प्रजातिको पहिचानले नेपालमा उपलब्ध स्तनधारी जनावरको सङ्ख्या अब २ सय ११ पुगेको पुगेको छ । दुवै जनावरलाई क्यामेरा ट्रयापिङका माध्यमले फेला पारेको हो । अन्तर्राष्ट्रिय रुपमा संकटमा परेको प्रजातिमा नपरे पनि केही देशले भने यसलाई दुलर्भ प्रजातिमा राखेको छ ।
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
युद्ध अन्त्यका लागि इरानका तीन शर्त