नेपालले मलेसियालाई ३२ रनले हराउँदै एसीसी यु -१६ प्रिमियरको उपाधि जितेको छ । नेपालले एशियन क्रिकेट काउन्सिलले आयोजना गरेको प्रतियोगितामा यु-१६ को उपाधि मात्रै जित्न बाँकी थियो। मलेसियामा भएको प्रतियोगिताको निर्धारित ४० ओभरमा खेलमा १ सय ६२ बनाएको थियो । मलेसिया ३२ ओभर २ वलमा १ सय २९ रनमा समेटिएको थियो। नेपालका पवन सर्राफले २६ वलमा ४४ रन बनाए । फाइनल सरह मानिएको बुधबारको अन्तिम खेलमा सर्राफ नै ‘म्यान अफ दि म्याच’ चुनिए। प्रतियोगितामा सबैभन्दा बढी रन बनाएका मलेसियाली क्याप्टेन विरनद्वीप सिंह चौथो ओभरमै रन आउट भएपछि नेपाललाई दुई वर्षअघि पराजयको बदला लिन सहज बनेको थियो । दुई वर्षअघि मलेसियाले १ विकेटले पराजित गर्दै एसिसी यु-१६ एलिट कप जितेको थियो। यसअघि दुइ पटक प्रतियोगिताको नाम एसिसि एलिट कप राखिएको थियो। राउन्ड रोबिनको आधारमा भएको प्रतियोगिताको पाँच वटै खेल जित्दै उपाधि नेपालले उचालेको हो। नेपालले मलेसियाअघि बहराइन थाइल्यान्ड सिगापुर ओमानलाई पराजित गरेको थियो।
बिहीबारको खेलमा नेपालले मलेसियाका चार ब्याट्सम्यानलाई रन आउट गरेको थियो। मलेसियाका लागि सबैभन्दा बढी फद्ली हरिसले ३४ रन बनाउँदै उपाधि जोगाउने आशा देखाएका थिए । २१ रनमा पवन सर्राफको क्याच छुटाउनु मलेसियाका लागि महगो सावित भयो। ३० ओभरको खेल हुँदा नेपाल र मलेसियाले समान ६ विकेट गुमाउँदै १ सय ९ रन बनाएका थिए। तर त्यसपछि मलेसियाले २० रन मात्रै जोड्न सक्यो। नेपाल क्रिकेट संघले विजेता टोलीका सदस्यलाई जनही २० हजार रुपैया पुरस्कार दिने घोषणा गरेको छ। विजयी टोली बिहीबार स्वदेश फर्किने छ।
विजेता : नेपाल
मस्ट प्रोमिसिङ प्लेयर : अकित खरेल (नेपाल)
बलर अफ द टुर्नामेन्ट : जितेन्द्र सिंह (नेपाल)
ब्याट्सम्यान अफ द टुर्नामेन्ट : विरनद्वीप सिंह (मलेसिया)
प्लेयर अफ द टुर्नामेन्ट : विरनद्वीप सिंह (मलेसिया)
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा