नेपालले मलेसियालाई ३२ रनले हराउँदै एसीसी यु -१६ प्रिमियरको उपाधि जितेको छ । नेपालले एशियन क्रिकेट काउन्सिलले आयोजना गरेको प्रतियोगितामा यु-१६ को उपाधि मात्रै जित्न बाँकी थियो। मलेसियामा भएको प्रतियोगिताको निर्धारित ४० ओभरमा खेलमा १ सय ६२ बनाएको थियो । मलेसिया ३२ ओभर २ वलमा १ सय २९ रनमा समेटिएको थियो। नेपालका पवन सर्राफले २६ वलमा ४४ रन बनाए । फाइनल सरह मानिएको बुधबारको अन्तिम खेलमा सर्राफ नै ‘म्यान अफ दि म्याच’ चुनिए। प्रतियोगितामा सबैभन्दा बढी रन बनाएका मलेसियाली क्याप्टेन विरनद्वीप सिंह चौथो ओभरमै रन आउट भएपछि नेपाललाई दुई वर्षअघि पराजयको बदला लिन सहज बनेको थियो । दुई वर्षअघि मलेसियाले १ विकेटले पराजित गर्दै एसिसी यु-१६ एलिट कप जितेको थियो। यसअघि दुइ पटक प्रतियोगिताको नाम एसिसि एलिट कप राखिएको थियो। राउन्ड रोबिनको आधारमा भएको प्रतियोगिताको पाँच वटै खेल जित्दै उपाधि नेपालले उचालेको हो। नेपालले मलेसियाअघि बहराइन थाइल्यान्ड सिगापुर ओमानलाई पराजित गरेको थियो।
बिहीबारको खेलमा नेपालले मलेसियाका चार ब्याट्सम्यानलाई रन आउट गरेको थियो। मलेसियाका लागि सबैभन्दा बढी फद्ली हरिसले ३४ रन बनाउँदै उपाधि जोगाउने आशा देखाएका थिए । २१ रनमा पवन सर्राफको क्याच छुटाउनु मलेसियाका लागि महगो सावित भयो। ३० ओभरको खेल हुँदा नेपाल र मलेसियाले समान ६ विकेट गुमाउँदै १ सय ९ रन बनाएका थिए। तर त्यसपछि मलेसियाले २० रन मात्रै जोड्न सक्यो। नेपाल क्रिकेट संघले विजेता टोलीका सदस्यलाई जनही २० हजार रुपैया पुरस्कार दिने घोषणा गरेको छ। विजयी टोली बिहीबार स्वदेश फर्किने छ।
विजेता : नेपाल
मस्ट प्रोमिसिङ प्लेयर : अकित खरेल (नेपाल)
बलर अफ द टुर्नामेन्ट : जितेन्द्र सिंह (नेपाल)
ब्याट्सम्यान अफ द टुर्नामेन्ट : विरनद्वीप सिंह (मलेसिया)
प्लेयर अफ द टुर्नामेन्ट : विरनद्वीप सिंह (मलेसिया)
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न