
ट्यालेन्ट राउण्डपछि सुन्दरीहरु प्रशिक्षणतिर
लन्डन । मिस यूके नेपाल २०१४ प्रतियोगिता आउन अब १२ दिन बांकी रहंदा प्रतिष्पर्धीहरु यतिखेर प्रशिक्षणमा व्यस्त छन् । उनीहरुलाई सब्रिना श्रेष्ठले प्रशिक्षण दिइरहेकी छिन् ।
कुल ११ प्रतिष्पर्धी गत १७ तारिखका दिन ट्यालेन्ट राउण्डमा सहभागी भए । मिस ट्यालेन्ट, मिस वेष्ट फिगर र मिस पर्सनालिटी उपाधिका लागि विजेता छनोट गर्न त्यस दिन निर्णायकमा नमस्ते युरोपका निर्देशक राजेन्द्र भट्ट, एनआरएनए यूके युथ काउन्सिल कोअर्डिनेटर श्रद्धा गुरुङ र नायिका एवं मोडल सब्रिना श्रेष्ठ थिए । विजेताको नाम भने मिस यूके नेपाल २०१४ फिनाले हुने सांझ ३१ अगष्ट प्रिन्सेस हल, अल्डरसटमा घोषणा गरिनेछ । मिस फोटोजेनिकका लागि अहिले अनलाइन भोटिङ जारी छ ।
सन् २०१२ की फष्ट रनर अप पारिका आलेले सञ्चालन गरेको ट्यालेण्ट राउण्डमा ११ प्रतिष्पर्धीले आ आफ्नो खुवी देखाए, कसैले नाच, कसैले गायन र कसैको नाटक थियो । प्रतियोगी नम्बर एक सपना श्रेष्ठले नेपालमा घरेलु तथा सामाजिक हिंसा चित्रित गर्ने खालको नाटक प्रस्तुत गरेकी थिइन् भने निता तामाङले भन्छन् कोही जिन्दगी यो… गीतमा नाच देखाइन् । यमुना लिम्बुले इन्दिरा जोशीको गीत र आधुनिक नाच एवं आर्या शर्माले सुन्दर देश नेपाल… बोलको गीतमा सेमी क्लासिकल डान्स देखाए ।
जेनी गुरुङले कविता वाचन गरिन् भने रोजी अर्यालले नृत्य देखाइन् । पोस मगरले गायन र सुमी श्रेष्ठले अभिनय र नाच प्रस्तुत गरे । सुस्मिता थापाले नेपाल आमा विषयमा नाटक प्रस्तुत गरिन् । त्यस्तै निया देवानले रिहानाको गीत गाइन् भने नतसा लिम्बुले इमेली स्याण्डलको क्लोन गीतमा नाच देखाइन् ।
उक्त अवसरमा मिस यूके नेपाल आयोजक इभेण्ट एण्ड आइडियाज्की निर्देशक शान्ति गुरुङले निर्णायक र सञ्चारकर्मीलाई धन्यवाद दिंदै प्रतिष्पर्धीहरुलाई अग्रीम शुभकामना दिएकी थिइन् ।
तिनै सुन्दरीहरु सांझ सामुयल कोडी स्पोर्टस् कलेज हलमा आयोजित दोश्रो बडी बिल्डिङ प्रतियोगितामा आफ्नो परिचय सहित क्याटवाकमा देखिए ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- एनआरएनए नेपालको राजनीतिबाट बिभाजित हुन जरुरी छैन : परराष्ट्र मन्त्री
- एनआरएनए सहमतिको विशेष महाधिवेशन शनिवारबाट सुरु
- डा. रुइतसहित तीन नेत्र चिकित्सक ‘भिजन एक्सलेन्स अवार्ड’बाट सम्मानित
- नेपालमा कोरोना खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै
- वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति