
लन्डन । मिस यूके नेपाल २०१४ प्रतियोगिता आउन अब १२ दिन बांकी रहंदा प्रतिष्पर्धीहरु यतिखेर प्रशिक्षणमा व्यस्त छन् । उनीहरुलाई सब्रिना श्रेष्ठले प्रशिक्षण दिइरहेकी छिन् ।
कुल ११ प्रतिष्पर्धी गत १७ तारिखका दिन ट्यालेन्ट राउण्डमा सहभागी भए । मिस ट्यालेन्ट, मिस वेष्ट फिगर र मिस पर्सनालिटी उपाधिका लागि विजेता छनोट गर्न त्यस दिन निर्णायकमा नमस्ते युरोपका निर्देशक राजेन्द्र भट्ट, एनआरएनए यूके युथ काउन्सिल कोअर्डिनेटर श्रद्धा गुरुङ र नायिका एवं मोडल सब्रिना श्रेष्ठ थिए । विजेताको नाम भने मिस यूके नेपाल २०१४ फिनाले हुने सांझ ३१ अगष्ट प्रिन्सेस हल, अल्डरसटमा घोषणा गरिनेछ । मिस फोटोजेनिकका लागि अहिले अनलाइन भोटिङ जारी छ ।
सन् २०१२ की फष्ट रनर अप पारिका आलेले सञ्चालन गरेको ट्यालेण्ट राउण्डमा ११ प्रतिष्पर्धीले आ आफ्नो खुवी देखाए, कसैले नाच, कसैले गायन र कसैको नाटक थियो । प्रतियोगी नम्बर एक सपना श्रेष्ठले नेपालमा घरेलु तथा सामाजिक हिंसा चित्रित गर्ने खालको नाटक प्रस्तुत गरेकी थिइन् भने निता तामाङले भन्छन् कोही जिन्दगी यो… गीतमा नाच देखाइन् । यमुना लिम्बुले इन्दिरा जोशीको गीत र आधुनिक नाच एवं आर्या शर्माले सुन्दर देश नेपाल… बोलको गीतमा सेमी क्लासिकल डान्स देखाए ।
जेनी गुरुङले कविता वाचन गरिन् भने रोजी अर्यालले नृत्य देखाइन् । पोस मगरले गायन र सुमी श्रेष्ठले अभिनय र नाच प्रस्तुत गरे । सुस्मिता थापाले नेपाल आमा विषयमा नाटक प्रस्तुत गरिन् । त्यस्तै निया देवानले रिहानाको गीत गाइन् भने नतसा लिम्बुले इमेली स्याण्डलको क्लोन गीतमा नाच देखाइन् ।
उक्त अवसरमा मिस यूके नेपाल आयोजक इभेण्ट एण्ड आइडियाज्की निर्देशक शान्ति गुरुङले निर्णायक र सञ्चारकर्मीलाई धन्यवाद दिंदै प्रतिष्पर्धीहरुलाई अग्रीम शुभकामना दिएकी थिइन् ।
तिनै सुन्दरीहरु सांझ सामुयल कोडी स्पोर्टस् कलेज हलमा आयोजित दोश्रो बडी बिल्डिङ प्रतियोगितामा आफ्नो परिचय सहित क्याटवाकमा देखिए ।
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]