
एसिसी यु–१६ क्रिकेटमा नेपालको चौथो जीत
काठमाडौं– मलेसिया जारी एसिसी यु–१६ प्रिमियर क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो खेल जितेको छ । सोमबार भएको खेलमा नेपालले बहराइनलाई १ सय ८६ रनले पराजित गरेको छ। नेपालले यसअघिका खेलमा थाइल्यान्ड, सिंगापुर र ओमानलाई हराएको थियो ।
टस जितेको नेपालले निर्धारित ४० ओभरको खेलमा ८विकेट गुमाई २ सय ३३ रन बनायो। नेपालका लागि प्रनित थापाले ६० बलमा नट आउट ७० रनको पारी खेलेका थिए । उनले ७चौका र १ छक्का प्रहार गरे। क्वालालम्पुरस्थित सेलान्गर टर्फ क्लबमा प्रतिउत्तर ब्याटिङ गरेको बहराइनले २४ ओभर ४ बलमा ४७ रन मात्रै बनाउन सक्यो ।
राउन्ड रोबिनको आधारमा सञ्चलान भएको प्रतियोगितामा नेपालले अन्तिम खेल बुधबार मलेसियासँग खेल्ने छ। दुवै देशका लागि बुधबारको खेल फाइनल खेल बराबरी हुनेछ ।
नेपालको ८ र मलेसियाको ७ अंक छ। पछिल्लो संस्करणअन्तर्गत दुई वर्षअघिनेपाल मलेसियासँगै फाइनलमा १ विकेटले पराजित भएको थियो। यसअघि यो प्रतियोगिता एसिसी यु–१६ एलिट भन्ने गरिन्थ्यो ।
रवि चन्दले ३३, सुशान्तसिंह थापा २९, आशिफ शेख ८, रवीन्द्रजंग शाही २३, सुमित महर्जन ३, जितेन्द्र सिंह ५, पवन सरार्फ २० र आशिषपोखरेल २ रनमा आउट भए।
नेपालबाट अनिल खरेलले ३ विकेट लिए।त्यस्तै आशिष पोखरेलले २ तथा रिजन ढकाल, पवन सर्राफ, जितेन्द्रसिंहठकुरी र कप्तान सुमित महर्जनले एक-एक विकेट लिए। बहराइनका अभास मुज्जफर चौधरीले ३ विकेट लिए।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई