काठमाडौं– मलेसिया जारी एसिसी यु–१६ प्रिमियर क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो खेल जितेको छ । सोमबार भएको खेलमा नेपालले बहराइनलाई १ सय ८६ रनले पराजित गरेको छ। नेपालले यसअघिका खेलमा थाइल्यान्ड, सिंगापुर र ओमानलाई हराएको थियो ।
टस जितेको नेपालले निर्धारित ४० ओभरको खेलमा ८विकेट गुमाई २ सय ३३ रन बनायो। नेपालका लागि प्रनित थापाले ६० बलमा नट आउट ७० रनको पारी खेलेका थिए । उनले ७चौका र १ छक्का प्रहार गरे। क्वालालम्पुरस्थित सेलान्गर टर्फ क्लबमा प्रतिउत्तर ब्याटिङ गरेको बहराइनले २४ ओभर ४ बलमा ४७ रन मात्रै बनाउन सक्यो ।
राउन्ड रोबिनको आधारमा सञ्चलान भएको प्रतियोगितामा नेपालले अन्तिम खेल बुधबार मलेसियासँग खेल्ने छ। दुवै देशका लागि बुधबारको खेल फाइनल खेल बराबरी हुनेछ ।
नेपालको ८ र मलेसियाको ७ अंक छ। पछिल्लो संस्करणअन्तर्गत दुई वर्षअघिनेपाल मलेसियासँगै फाइनलमा १ विकेटले पराजित भएको थियो। यसअघि यो प्रतियोगिता एसिसी यु–१६ एलिट भन्ने गरिन्थ्यो ।
रवि चन्दले ३३, सुशान्तसिंह थापा २९, आशिफ शेख ८, रवीन्द्रजंग शाही २३, सुमित महर्जन ३, जितेन्द्र सिंह ५, पवन सरार्फ २० र आशिषपोखरेल २ रनमा आउट भए।
नेपालबाट अनिल खरेलले ३ विकेट लिए।त्यस्तै आशिष पोखरेलले २ तथा रिजन ढकाल, पवन सर्राफ, जितेन्द्रसिंहठकुरी र कप्तान सुमित महर्जनले एक-एक विकेट लिए। बहराइनका अभास मुज्जफर चौधरीले ३ विकेट लिए।
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने