बडी बिल्डिङ प्रतिष्पर्धामा विसन गुरुङ च्याम्पियन

Body-buidling

मिस्टर यूके नेपाल उपाधिपछि मिस्टर नेपाल सानु गुरुङका साथ विसन । 
तस्विर सौजन्यः हरिमान गुरुङ

मिस्टर यूके नेपाल उपाधिपछि मिस्टर नेपाल सानु गुरुङका साथ विसन । 
तस्विर सौजन्यः हरिमान गुरुङ

लन्डन । यूके नेपाल फेडेरेशन अफ बडी बिल्डिङ एण्ड फिटनेशले आयोजना गरेको दोश्रो बडी बिल्डिङ प्रतियोगितामा विसन गुरुङ च्याम्पियन भएका छन् । सामुयल कोडी स्पोर्टस् सेन्टर फार्नवोरोमा आइतबार आयोजित प्रतियोगितामा अन्य सात प्रतिष्पर्धीलाई उछिन्दै विसनले मिस्टर यूके नेपालको उपाधिसहित आठसय पाउण्ड, ट्रफी र प्रमाणपत्र पाए । प्रतियोगितामा लालरचित कवर फष्ट रनरअप भए भने शुकदेव कार्की सेकेन्ड रनरअप । उनीहरुले क्रमशः ५ सय र तीनसय पाउण्ड, ट्रफी एवं प्रमाणपत्र प्राप्त गरे । लाल रचितले वेष्ट पोजरको उपाधि पनि जिते भने वेष्ट डिस्सिप्लिन उपाधि प्रणय गुरुङको हातमा गयो ।

विजेताहरुलाई मिस्टर नेपाल एवं विशेष प्रशिक्षक सानु गुरुङ, प्रशिक्षक किशोर गुरुङ, फेडेरेशनका अध्यक्ष शुक्र राई, गैर आवासीय नेपाली संघ बेलायतका सहअध्यक्ष महेन्द्र कंडेल, सूर्य नेम्वाङ, उपाध्यक्ष हिराधन राई, मेजर रि. डमर घले, तमुधिं यूके अध्यक्ष कमल गुरुङ, ग्रयाण्ड मास्टरहरु एनजे गुरुङ, राष्ट्र राई लगायतले पुरस्कार तथा खादाले सम्मान गरेका थिए ।

प्र्रतियोगिताभर मिस्टर नेपाल सानु गुरुङ आकर्षणको केन्द्रमा रहे । प्रतिष्पर्धीहरुलाई विशेष प्रशिक्षण दिन उनी सातादिन अघिमात्र बेलायत आएका हुन् । यता आउनुअघि हङकङमा सम्पन्न अन्तर्राष्टिय बडी बिल्डिङ प्रतियोगितामा एक स्वर्ण र दुई रजत पदक जितेका सानुले विभिन्न प्रतियोगितामा मिस्टर नेपाल र मिस्टर धर्मश्री उपाधि जितिसकेका छन् ।

स्वास्थ्य नै धन हो भन्ने मुल मन्त्र लिइ प्रतियोगिता आयोजना गरिएको फेडेरेशन अध्यक्ष शुक्र राईले जनाए । प्रतियोगिताका संयोजक थिए भिम महेन्द्र गुरुङ ।
प्रतियोगितामा मिस यूके नेपाल २०१४ का एघार प्रतिष्पर्धीले क्याटवाक गरे भने सब्रिना श्रेष्ठ र मनोज गुरुङको नृत्य पनि हेर्न लायक रह्यो । उक्त प्रतियोगिता सञ्चालन लक्ष्मी राई र सूर्य गुरुङले गरेका थिए ।
अघिल्लो वर्ष आयोजित पहिलो प्रतियोगितामा दर्जन प्रतियोगीमध्ये शुक गुरुङ मिस्टर यूके नेपाल बन्न सफल भएका थिए । यस वर्ष भने ८ जनामात्र प्रतियोगी भिडेका थिए ।

10401516_696981537062298_4507768548799272430_n

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री