लण्डन । नेपालको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रष्ट शब्दमा भगवान बुद्ध नेपालमा जन्मेको बताएका छन् ।
नेपालको संविधानसभालाई आइतबार सम्बोधन गर्ने क्रममा उनले पटकपटक नेपाललाई बुद्धको जन्मस्थलको रुपमा उल्लेख गरे । दुनियाँमा हतियारप्रति विश्वास गर्नेहरुलाई सोचमा पुनर्विचार गर्न नेपालले बाध्य बनाउन सक्ने विश्वास लिँदै उनले भने, –‘बुद्धको भूमिमा विचारको कमी छैन ।’
उनले नेपाललाई दख्खल दिने भारतको नीति नरहेको बताए । बरु नेपालले लिएको निर्णयलाई सहयोग गर्ने भारतको इच्छा रहेको उनको धारणा थियो ।
धार्मिक प्रसंग कोट्याउँदै उनले नेपाल र भारतबीच अटुट सम्बन्ध रहेको प्रमाणित गर्न खोजे । हिमालय र गंगा जत्तिकै पुरानो नेपाल–भारत सम्बन्ध भएको बताउँदै उनले भने, ‘पशुपतिमा भारतीय पुजारी छ । काशीमा नेपाली पुजारी ।’ नेपालीहरुले भारतको स्वाभिमानको रक्षाका लागि खेलेको भूमिकाको प्रशंसा गर्न उनले छुटाएनन् । उनले भने, ‘नेपालीको रगत नबगी भारतले कुनै लडाइँ जितेको छैन ।’
नेपाली भाषामा भाषण गर्न शुरु गरेका मोदीले चौथो मिनेटबाट सम्बोधनलाई हिन्दीमा निरन्तरता दिएका थिए । यसअघि धेरै वर्ष पहिले एक यात्रीको रुपमा नेपाल आएको उद्धृत गर्दै नेपालीमा उनले भने, ‘म प्रधानमन्त्री हुनासाथ नेपाल आउन चाहन्थेँ किनकि नेपालसितको सम्बन्ध मेरो र मेरो सरकारको उच्चतम प्राथमिकतामा पर्छ ।’
सम्बोधनको धेरै समय संविधानसभामार्फत संविधान निर्माण विषयमा खर्च गरेका उनले अहिले विश्वले नेपाललाई नियालिरहेको बताए । विगतमा हतियारको बाटोमा हिँडेको शक्ति अहिले संविधानसभामार्फत संविधान निर्माण गर्दै शान्तिपूर्ण बाटोमा आउनुलाई उनले महत्वपूर्ण भएको बताए । ‘संविधानसभाबाट बन्ने संविधान नेपालका लागि मात्र होइन विश्वकै लागि स्वर्ण पृष्ठ हुनेछ’ उनले भने ।
पूर्वानुमान अनुसार नै उनले नेपालको जलस्रोत, पर्यटन, आयुर्वेदिक औषधि,अर्गानिक खेतीमा अपार सम्भावना रहेको बताए । ‘पानी र जवानी कहिल्यै पनि पहाडको काममा आउँदैन’ भन्ने पुरानो कहावतलाई आफूले परिवर्तन गर्न चाहेको उनको भनाइ थियो । नेपाललाई अहिले भारतले उपलब्ध गराउँदै आएको विद्युतलाई सक्दो दुगुना बनाउने वचन उनले दिए । ‘अहिले हामी नेपालको अँध्यारो हटाउँछौँ, १० वर्षपछि नेपालले भारतको अँध्यारो हटाउँछ’ उनले अझै थपे, ‘भारत एक्लैलाई बिजुली बेचेर नेपाल सम्बृद्ध हुन सक्छ ।’
नेपाललाई १० हजार करोड रुपियाँ ऋण घोषणा उनले सोही सम्बोधनमा गरे । त्यसलाई उत्पादनमुखी क्षेत्रमा लगाउन पनि उनले सुझाव दिए ।
दुई दिने औपचारिक नेपाल भ्रमणमा आएका मोदीलाई यसअघि त्रिभुवन विमानस्थलमा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गरेका थिए । आफूले पाल्दै गरेका नेपाली युवा जितबहादुर सारुमगरलाई परिवारसित मिलन गराउने मौका पनि उनले यसै भ्रमणमा जुटाएका थिए । यस अलावा बीच सडकमा औपचारिक कारकेडबाट ओर्लेर सर्वसाधारणको स्वागत अभिवादन पनि उनले ग्रहण गरेका थिए ।
नेपालमा भारत विरोधी जनमत प्रभावशाली रहँदै आएको भए पनि मोदीको करिश्मायुक्त व्यक्तित्व र भ्रमणका कार्यक्रमले भने भारतप्रति सकारात्मक जनमत बढाएको देखिन्छ ।
सम्बोधनको पूरा भिडियो हेनुहोस
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने