२६ मनोनयनमा नेताका पत्नी र भाइ

निर्वाचन भएको ९ महिनापछि सरकारले शुक्रबार २६ मध्ये १७ सभाषदको मनोनयन गरेको छ । शुक्रबारको बैठकले नेपाली कांग्रेसको सिफारिसमा ८, नेकपा एमाले ८ र राप्रपा नेपालको सिफारिसमा १ जना नियुक्त गरेको हो ।

नेपाली कांग्रेसतर्फबाट राधेश्याम अधिकारी, शिवबहादुर खड्का, पुष्कर आचार्य, रेशम बानिया, सुकदेव सुतिहार, रुक्मिणी कोइराला, सूर्यदेवदास उराव सभाषद बनेका छन् । सर्बोच्चको निर्णय बिपरित हुने भएपछि कांग्रेसले कोइरालाको नाम फिर्ता लिएको छ ।

एमालेले उदय नेपाली, अग्नि खरेल, गंगा डाँगी, मिरा ध्वजु, पेम्बा भोटे, नरेश खरेल, डा.राजन भट्टराई र पर्तमान धिमाललाई सभाषद बनाएको छ । गणेश थापा राप्रपा नेपालको सिफारिसमा मनोनित भएका हुन् ।

कानुन व्यवसायी राधेश्याम अधिकारी अघिल्लो संविधानसNC_UML_20140621031050भामा मनोनीत कोटामा सभाषद बनेका थिए ।

कांग्रेसको कोटाबाट सभासद भएका उमेशश्रेष्ठ विद्यालय सञ्चालक हुन् भने अनिलकुमार रुङटा वरिष्ठ नेता शेरबहादुरशेरबहादुर देउवाले सभाषद बनाएका हुन् । अग्नी खरेल दोस्रो पटक सभाषद बनेका हुन् । ध्वजु एमाले महासचिव इश्वर पोखरेलकी पत्नी हुन् । एमालेको केन्द्रीय सदस्य रहका भट्टराई, डाँगी ओली निकट नेता हुन् । खरेल वरिष्ठ नेता झलनाथ खनाल निकट मानिन्छन् । खरेल र डाँगी भोटे नेपाल आदिवासी जानजाती महासंघका महासचिव हुन् ।

गणेश राप्रपा नेपालका अध्यक्ष कमल थापाका भाइ र अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष हुन् । सभाषदको मनोनयन पछि सबै राजनीतिक दलभित्र असन्तुष्टी देखिएको छ । एकीकृत नेकपा माओवादीबाट चार र बाँकी मधेशी र साना दलको सिफारिसमा मनोनित गरिने छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री