नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली जाने भएका छन् । आठ वर्षअघि भारतमा मृगौला प्रत्यारोपण गरेका ओलीको तीन महिनामा स्वास्थ्य परीक्षण गराउनु पर्ने हुन्छ । प्रमुख राजनीतिक दलबीच सहमति बने ओली शुक्रबार साँझको बिमानबाट नयाँ दिल्ली जाने छन् । उच्च स्तरीय राजनीतिक समिति गठन र सविधानका अन्तरबस्तुमा सहमति खोज्न दलहरु सघन छलफलमा जुटेका छन् ।
‘नियमित स्वास्थ्य परीक्षणका लागि बिहीबार नै दिल्ली जाने योजना थियो । राजनीतिक सहमतिका लागि काठमाडौं रहनु पर्ने भएपछि बिहीबारको टिकट क्यान्सिल गरियो,’ ओलीका स्वकीय सचिव रमेश आचार्यले भने, ‘शुक्रबार साँझ ६ बजेको टिकट बुक छ। सहमति नजुटे शनिबार मात्रै नयाँ दिल्ली जानु हुने छ ।’ दिल्लीमा ओलीको स्वास्थ्य परीक्षण डा. अनन्त कुमारले गर्ने छन् ।
कुमारले नै आठ वर्षअघि एपोलो अस्पतालमा ओलीको मृगौलाको प्रत्यारोपण गरेका थिए। पछिल्लो सात महिनामा स्वास्थ्योपचारका लागि ओली चौथो पकट विदेश जान लागेको हुन् । यसअघि दिल्लीमा डेढ र बैककमा एक महिना लामो उपचार गरिएको थियो। साउनमा अध्यक्ष निर्वाचित भएपछि उपचारका लागि विदेश जान लागेको दोस्रो पटक हो । यसअघि फङ्गल संक्रमित हातको उपचार गराउन सिंगापुर गएका थिए ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी