लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित नेपाली समुदायमाझ बेलायती नेपाली सञ्चारमाध्यमप्रति पाठकहरुको अनुभव, रुचि र आवश्यकताका बारेमा सर्भेक्षण शुरु गरेको छ ।
बेलायतका नेपाली मिडिया र पत्रकारहरुलाई पाठकको अभिरुचि बुझी सो अनुसार आफूलाई परिमार्जन र परिवर्तन गर्न मद्दत पुरयाउने उद्देश्यले सो सर्भेक्षण गर्न लागिएको सर्वेक्षणका कोअर्डिनेटर तथा शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपाङगीमगरले जानकारी दिए ।
गत शनिवार लण्डनस्थित नेपाली दूतावासमा गण्तन्त्र दिवस मनाउन आयोजित कार्यक्रमको अवसर पारेर बेलायतका लागि नेपाली कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले सर्भेक्षणको सुरुवात गरे ।
नेपाली पत्रकारहरुको मूल्यांकन नेपाली समुदायबाटै हुनुपर्ने बताउंदै शाखाका अध्यक्ष चिरन शर्माले सर्भेमा भाग लिन बेलायतस्थित नेपालीहरुलाई आग्रह गरेका छन् ।
सर्भेक्षणको प्राविधिक साझेदार सेन्टर फर नेपाल स्टडिज (नेपाल अध्ययन केन्द्र), यूके छ । सर्भेक्षणमा भरिएका व्यक्तिगत विवरण्ँ गोप्य र सुरक्षेत रहने भएकाले ढुक्क भएर सहभागी हुन केन्द्रका डा. कृष्ण अधिकारीको अपिल छ ।
यस्तै, तमुधिं यूकेको आयोजनामा अल्डरशटमा सम्पन्न गोर्खाकप फुटबल प्रतियोगिता हेर्न आएका नेपालीमाझ पनि सर्भे गरिएको थियो । नेपाली टिभी, यूकेका कार्यकारी निर्देशक विजय थापाबाट शुरुवात गरिएको सो सर्भेक्षणमा करिब दुई दर्जन नेपालीले सहभागिता जनाएका थिए । सर्भेक्षणमा शाखाका केन्द्रीय पार्षद तथा पदाधिकारी, कार्यसमिति सदस्य तथा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुले स्वयम्सेवी रुपमा तथ्यांक संकलन गरेका थिए ।
१८ वर्ष उमेर पूरा गरेका विभिन्न उमेर समूह र विभिन्न पेशा, व्यवसायमा आवद्ध करिब २०० नेपालीमाझ सो सर्भेक्षण यूकेको फानब्रो, अल्डरशट,
पिटरबरो, स्कटल्याण्ड, वेल्स्, प्लमस्टेड, फोल्क्स्टोन लगायत नेपाली समुदायको घनाबस्ती भएको क्षेत्रमा गरिने शाखाले जनाएको छ ।अगस्ट महिनाको अन्त्यमा सर्वेक्षण पूरा गरी प्राप्त नतिजा र सुझावहरुनेपाली समुदायमाझ सार्वजनिक गरिने संयोजक खपाङ्गीमगरले जनाए ।
यूकेमा नेपालीमाझ अन्य किसिमका सर्भेहरु भए पनि मिडिया सर्भे भने यसअघि भएको छैन् ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता