लन्डन
वसन्त नै बस्न खोज्छ यहां लोलाएर
यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर…
लन्डन वेम्लीस्थित कोपल्याण्ड कम्युनिटी स्कुलको सुसज्जित स्टेज । आधा दर्जन कलाकार स्टेजमा उपस्थित छन् तर तिनले ‘माइतीघर’ गाएनन्, बरु दर्शकदीर्घाबाट त्यो सुमधुर गीत गुञ्जिइरह्यो । तालमा ताल मिलाएर उफ्रने पंक्तिमा दर्शक नै थिए ।
बांझो खेतमा छड्के सलाम हान्न होस् वा माछी मार्न दर्शक नै अग्रसर रहे । रातो
रानी, कान्छी हे कान्छी, सोइ ढोले सोइ, सोर्ह वर्षे उमेरैमा आदि जस्ता चर्चित गीत पनि कलाकारले होइन, दर्शकले पो गाए ।
२९ जुन सांझको माहोल अन्य सांगीतिक रमझम जस्तो पटक्कै थिएन् । गाउने दर्शक, बजाउने सांगीतिक समूह कुटुम्ब । आफू नगाइ बाजा मात्र बजाउने वाद्यवाद्यक समूह ‘कुटुम्ब’ ले लाइभ कन्सर्टमा झण्डै दुई घण्टा अवधिभित्र करिब तीस थान गीतका धुन पस्कियो ।
नेपाली लोकबाजा तुङना, मादल, सारंगी, डम्फु, डमरु, धिमे, च्याब्रुङ, ढोलक आदि धुनको गज्जव समिश्रणले कलाकारलाई गाउन भन्दा बजाउनै उत्प्रेरित गरे जस्तो लाग्थ्यो । ‘नेताहरु बेलायत आउंछन् अनि आश्वासन मात्र दिएर जान्छन् तर कलाकार आएर नेपालीपन र नेपाली माटोको सुगन्ध छाडेर जान्छन्’, कन्सर्टका एक दर्शकले भने, ‘कुटुम्बले लोपोन्मुख नेपाली लोकबाजा प्रस्तुत गरेर नेपालको बेग्लै चिनारी दिएको छ ।’
पेरिसबाट आएको उक्त व्याण्डले बेलायतको स्कटल्याण्ड, आसफोर्ड केन्ट, अल्डरसट र लन्डनमा आफ्नो लोकधुन पस्क्यो । विदेशीलाई नेपाली लोक बाजा सुनाउन र संगीतका माध्यमबाट प्रवासी नेपाली एकजुट भइ देश विकास गर्न जरुरी छ भन्ने सन्देश बांड्न बेलायत आएको व्याण्डका प्रवक्ता तथा संगीतकार पवित महर्जनले जनाए । दुई साताभित्र स्कटल्याण्डका दशवटा विद्यालय र स्कटिश संगीतकारहरुको साथमा चार कन्सर्ट गर्यो उसले । अब उसको गन्तव्य बेल्जियम छ ।
कुटुम्ब समूहमा आवद्ध राजु महर्जन, अरुण गुरुङ, अरुण मानन्धर, सिद्धार्थ महर्जन, किरण नेपाली, पवित महर्जन र रुवीनकुमार श्रेष्ठ यूके टुरमा सामेल छन् ।
लन्डनका तीन युवा अन्जान बगाले, रितेशराजपाण्डे र अन्जान बुढाथोकीले कुटुम्बको दोश्रो बेलायत यात्रा जुराएका हुन् । नेपालमा लोकबाजा संकलनमा जुटेको दशक अघि स्थापित व्याण्डले हालसम्म करिब ६ दर्जन लोकबाजा बटुलिसकेको प्रवक्ता महर्जनले जनाए ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’