लन्डन
वसन्त नै बस्न खोज्छ यहां लोलाएर
यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर…
लन्डन वेम्लीस्थित कोपल्याण्ड कम्युनिटी स्कुलको सुसज्जित स्टेज । आधा दर्जन कलाकार स्टेजमा उपस्थित छन् तर तिनले ‘माइतीघर’ गाएनन्, बरु दर्शकदीर्घाबाट त्यो सुमधुर गीत गुञ्जिइरह्यो । तालमा ताल मिलाएर उफ्रने पंक्तिमा दर्शक नै थिए ।
बांझो खेतमा छड्के सलाम हान्न होस् वा माछी मार्न दर्शक नै अग्रसर रहे । रातो
रानी, कान्छी हे कान्छी, सोइ ढोले सोइ, सोर्ह वर्षे उमेरैमा आदि जस्ता चर्चित गीत पनि कलाकारले होइन, दर्शकले पो गाए ।
२९ जुन सांझको माहोल अन्य सांगीतिक रमझम जस्तो पटक्कै थिएन् । गाउने दर्शक, बजाउने सांगीतिक समूह कुटुम्ब । आफू नगाइ बाजा मात्र बजाउने वाद्यवाद्यक समूह ‘कुटुम्ब’ ले लाइभ कन्सर्टमा झण्डै दुई घण्टा अवधिभित्र करिब तीस थान गीतका धुन पस्कियो ।
नेपाली लोकबाजा तुङना, मादल, सारंगी, डम्फु, डमरु, धिमे, च्याब्रुङ, ढोलक आदि धुनको गज्जव समिश्रणले कलाकारलाई गाउन भन्दा बजाउनै उत्प्रेरित गरे जस्तो लाग्थ्यो । ‘नेताहरु बेलायत आउंछन् अनि आश्वासन मात्र दिएर जान्छन् तर कलाकार आएर नेपालीपन र नेपाली माटोको सुगन्ध छाडेर जान्छन्’, कन्सर्टका एक दर्शकले भने, ‘कुटुम्बले लोपोन्मुख नेपाली लोकबाजा प्रस्तुत गरेर नेपालको बेग्लै चिनारी दिएको छ ।’
पेरिसबाट आएको उक्त व्याण्डले बेलायतको स्कटल्याण्ड, आसफोर्ड केन्ट, अल्डरसट र लन्डनमा आफ्नो लोकधुन पस्क्यो । विदेशीलाई नेपाली लोक बाजा सुनाउन र संगीतका माध्यमबाट प्रवासी नेपाली एकजुट भइ देश विकास गर्न जरुरी छ भन्ने सन्देश बांड्न बेलायत आएको व्याण्डका प्रवक्ता तथा संगीतकार पवित महर्जनले जनाए । दुई साताभित्र स्कटल्याण्डका दशवटा विद्यालय र स्कटिश संगीतकारहरुको साथमा चार कन्सर्ट गर्यो उसले । अब उसको गन्तव्य बेल्जियम छ ।
कुटुम्ब समूहमा आवद्ध राजु महर्जन, अरुण गुरुङ, अरुण मानन्धर, सिद्धार्थ महर्जन, किरण नेपाली, पवित महर्जन र रुवीनकुमार श्रेष्ठ यूके टुरमा सामेल छन् ।
लन्डनका तीन युवा अन्जान बगाले, रितेशराजपाण्डे र अन्जान बुढाथोकीले कुटुम्बको दोश्रो बेलायत यात्रा जुराएका हुन् । नेपालमा लोकबाजा संकलनमा जुटेको दशक अघि स्थापित व्याण्डले हालसम्म करिब ६ दर्जन लोकबाजा बटुलिसकेको प्रवक्ता महर्जनले जनाए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?