लन्डन । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) सम्मिलित मह यात्रा २०१४ बेलायतमा साता अघि सकिए पनि कार्यक्रमको ह्यांगओभर अझै बाँकी छ ।
मह जोडीको बेजोड प्रहसन र व्यंग्य त आमदर्शकको मनमष्तिस्कमा रहने भइहाल्यो । यसबाहेक त्यही कार्यक्रममा एउटा आकर्षण थिइन् रश्मी पोख्रेल । रश्मीको बेजोड नृत्यलाई धेरैले रुचाए । ‘महको स्टेजमा नाच्न पाउनु मेरा लागि भाग्यको कुरा थियो’, उनले भनिन्, ‘मलाई त्यो अवसर जुराइदिने महयात्रा आयोजक र विशेष गरी संयोजक कुल आचार्यप्रति आभारी छु ।’ महयात्राको नाच हेरेर उनको तारिफ गर्ने पनि असंख्य भेटिए ।
रश्मी सन् २०१० मा विद्यार्थीका रुपमा बेलायत आइन् । तर, उनको खास पेशा हो नृत्य । स्कुले जीवनदेखि नै नाच्नु उनको सोख थियो । कक्षा दश पढ्दा नारायणी कला मन्दिरमा डान्स सिक्न समेत गइन् उनी । पछि स्कुल, कलेज र स्थानीय कार्यक्रमतिर नाच्दानाच्दै पेशा बनाएर एक दशक यसमै बितिसकेको छ । बेलायत आउनु अघि सशस्त्र प्रहरी बलमा पाँच वर्ष कलाकार भएरै काम गरिन् उनले । बेलायत आएपछि यहाँ हुने नेपालीका विशेष कार्यक्रममा रश्मीकै डिमाण्ड हुन्छ । ‘नाच भन्ने कुरा एउटा कला हो, आफूमा लगाव पनि हुन जरुरी छ’, उनी बताउँदै थिइन् । चितवन, नारायणगढकी २८ वर्षीया रश्मी राम्रो अफर आए चलचित्र र म्यूजिक भिडियोतिर पनि नाच्न लालायित छिन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते