लन्डन । लन्डनस्थित नेपाली दूतावासले नेपाली समुदायमाझ गएर आफैं मेसिन रिडेवल पासपोर्ट (एमआरपी) फाराम संकलन गर्ने अभियान अन्तर्गत एकै दिन चारसय पचास फाराम संकलन गरेको छ ।
जुन एकबाट शुरु अभियानमा पहिलो पटक आइतबार स्वीन्डन शहर गएर त्यहांका नेपालीबाट फाराम संकलन गरिएको कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले जनाए । ‘समय र पैसा वचत अनि आफ्नै ठाउंमा दूतावास पुग्दा नेपाली समुदाय प्रसन्न थियो’, क्षेत्रीले भने, ‘नेपाली जनसंख्या उल्लेख्य भएका क्षेत्रमा गएर एमआरपी फाराम संकलन गर्ने काममा दूतावासले निरन्तरता दिनेछ ।’ आगामी साता केन्ट शहर जाने दूतावासको योजना छ । विशेष गरि लन्डन दूतावास सम्म आउन असमर्थ वृद्धवृद्धा अनि केटाकेटीलाई प्राथमिकता दिइएको छ ।
नेपलिज एसोसिएसन अफ विल्सायर (स्वीन्डन) को सहकार्यमा फाराम संकलन गरिएको हो । स्थानीय पञ्जावी हलमा दश वटा कम्प्युटर राखेर दूतावासका कर्मचारी र स्वयंसेवकहरुले फाराम भरेको एसोसिएसनका अध्यक्ष राजन क्षेत्रीले जनाए । मानिसरहरु वेल्स्, डोभर, क्याम्बर्ली, अक्सफोर्ड, टिडवर्थ एन्डोभर, विन्चेष्टरबाट समेत फाराम भर्न आएका थिए । प्रति फाराम एकसय दश पाउण्ड दरले झण्डै ८० लाख रुपैयां राजश्व समेत संकलन भएको छ ।
आगामी वर्ष सन् २०१५, नोभेम्बर २४ पछि हस्तलिखित राहदानी अमान्य हुने अन्तर्राष्ट्रिय नियमले यतिखेर लन्डन दूतावासमा एमआरपी आवेदन दिनेहरुको अत्यधिक भीड बढिरहंदा कार्यालय समयको चाप कम गर्न र बेलैमा एमआरपी दिलाउन दूतावासले यो अभियान अघि सारेको हो । दूतावासमा कर्मचारी अभावले कामको चाप अत्यधिक छ ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श