लन्डन । लन्डनस्थित नेपाली दूतावासले नेपाली समुदायमाझ गएर आफैं मेसिन रिडेवल पासपोर्ट (एमआरपी) फाराम संकलन गर्ने अभियान अन्तर्गत एकै दिन चारसय पचास फाराम संकलन गरेको छ ।
जुन एकबाट शुरु अभियानमा पहिलो पटक आइतबार स्वीन्डन शहर गएर त्यहांका नेपालीबाट फाराम संकलन गरिएको कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले जनाए । ‘समय र पैसा वचत अनि आफ्नै ठाउंमा दूतावास पुग्दा नेपाली समुदाय प्रसन्न थियो’, क्षेत्रीले भने, ‘नेपाली जनसंख्या उल्लेख्य भएका क्षेत्रमा गएर एमआरपी फाराम संकलन गर्ने काममा दूतावासले निरन्तरता दिनेछ ।’ आगामी साता केन्ट शहर जाने दूतावासको योजना छ । विशेष गरि लन्डन दूतावास सम्म आउन असमर्थ वृद्धवृद्धा अनि केटाकेटीलाई प्राथमिकता दिइएको छ ।
नेपलिज एसोसिएसन अफ विल्सायर (स्वीन्डन) को सहकार्यमा फाराम संकलन गरिएको हो । स्थानीय पञ्जावी हलमा दश वटा कम्प्युटर राखेर दूतावासका कर्मचारी र स्वयंसेवकहरुले फाराम भरेको एसोसिएसनका अध्यक्ष राजन क्षेत्रीले जनाए । मानिसरहरु वेल्स्, डोभर, क्याम्बर्ली, अक्सफोर्ड, टिडवर्थ एन्डोभर, विन्चेष्टरबाट समेत फाराम भर्न आएका थिए । प्रति फाराम एकसय दश पाउण्ड दरले झण्डै ८० लाख रुपैयां राजश्व समेत संकलन भएको छ ।
आगामी वर्ष सन् २०१५, नोभेम्बर २४ पछि हस्तलिखित राहदानी अमान्य हुने अन्तर्राष्ट्रिय नियमले यतिखेर लन्डन दूतावासमा एमआरपी आवेदन दिनेहरुको अत्यधिक भीड बढिरहंदा कार्यालय समयको चाप कम गर्न र बेलैमा एमआरपी दिलाउन दूतावासले यो अभियान अघि सारेको हो । दूतावासमा कर्मचारी अभावले कामको चाप अत्यधिक छ ।
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा नेपाल सरकारको निगरानीः विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन