काठमाडौँ । तारकेश्वर नगरपालिका–१७ फुटुङका रूकु परियारले राहतका नाममा अहिलेसम्म एक पाथी चामल मात्र पाउनुभएको छ ।
“यहाँ नेवार, ब्राह्मण र क्षेत्रीलगायत अन्य समुदायको समेत बसोबास छ, अन्य समुदायलाई सरकार र विभिन्न सङ्घसंस्थाले समेत राहत दिएका छन्, तर हामी १४ घर दलित समुदायलाई कसैले पनि केही दिएको छैन” – परियारले गुनासो गर्नुभयो ।
उहाँलाई राहतका नाममा गाविसले एक पटक मात्र एक पाथी चामल दिएको छ । “वैशाख १२ गतेको भूकम्पले भएको घर पनि बस्न नमिल्ने गरी भत्कियो, पुस्तौँदेखि बस्दै आएको घरको जग्गासमेत भूकम्पपछि अर्कैले मेरो हो भनेर दाबी गर्दै आएको छ, अब कहाँ बस्ने, के खाने टुङ्गो छैन” – उहाँले भन्नुभयो । सोही जग्गामा पुस्तौँपुस्ता बस्दै आए पनि जग्गाको कुनै कागजपत्र उहाँसँग छैन ।
फुटुङमा रहेको १४ घरधुरी दलित बस्तीका सबै घर बस्न नमिल्ने गरी ध्वस्त भएका छन् । स्थानीयवासी भूकम्पपीडित अमृता परियारले सकेसम्म सरकारले नै घर बनाइदिनुपर्ने नभए घर बनाउनका लागि सस्तो ब्याजमा ऋणको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । अझै पनि त्रिपालमुनि बसेका फुटुङका दलित समुदायले अहिलेसम्म टहरा बनाउनसमेत सुरु गरेका छैनन् ।
तारकेश्वर–१० का भूकम्पपीडित तथा समाज सेवा सङ्घ नामक गुठीका अध्यक्ष विकास परियारले तारकेश्वरमा प्राप्त राहत वितरण गरिएको भनिए पनि आफूहरूले अहिलेसम्म राहत पाउन नसकेको बताउनुभयो ।
आज मात्र बेलायतमा रहेका नेपालीको संस्था सङ्गम नेपाली समाज र नेपालमा रहेको संस्था परिवार सेवा समाजको सहकार्यमा वडा नं १० र १७ तथा टोखा नगरपालिका–१९ का २१ घरधुरी दलित समुदायलाई राहत वितरण गरिएको छ ।
दलित आन्दोलनका अगुवा पदम सुन्दास र अधिकारकर्मी राजकुमार त्रिखत्री, कृष्ण रणपाल, रामप्यारा छिनाल, ताराबहादुर परियारको अगुवाइमा गएको टोलीले प्रत्येक घरधुरी (२१ घरधुरी) लाई लुगा सिलाउने कल र जस्तापाता खरिद गर्नका लागि रु ११ हजार आर्थिक सहयोग गरेको हो ।
भूकम्पपीडित कृष्ण परियारले सरकार र विभिन्न सङ्घसंस्थाले नगद दिनुभन्दा पनि घर नै निर्माण गरिदिए उत्तम हुने बताउनुभयो । सोही अवसरमा सुन्दासले भूकम्पका कारण सबैभन्दा बढी दलित समुदाय घरबारविहीन हुनुपरेको जिकिर गर्दै सरकारले समान रूपमा राहत वितरण गर्नुपर्छ भन्नुभयो ।
अधिकारकर्मी त्रिखतीले बेलायतमा रहेका परियार समुदायले थोरै थोरै राहत सङ्कलन गरेर सङ्गम नेपाली समाजमार्फत भूकम्प प्रभावित जिल्लामा राहत वितरण गर्दै आएको जानकारी दिनुभयो ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने