
लन्डन । बेलायतमा भोजपुरको षडानन्द नगरपालिकाअन्तर्गत साङपाङ देउराली समाजको भेला सम्पन्न भएको छ । शनिबार २ अगस्टका दिन अल्डरसटस्थित माइतीघर रेस्टुरेन्ट समाजको भेला भव्यताका साथ सम्पन्न भएको हो ।
भेलामा नेपालको गाउँबाट आएर बेलायतको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका साङपाङ दाजुभाइ, दिदीबहिनी तथा चेलीहरूको उपस्थिति थियो । ज्येष्ठ नागरिक ९० वर्षीय रनबहादुर राईको उपस्थितिले भेला विशेष र महत्त्वपूर्ण बनेको आयोजकको भनाइ छ ।
बेलायतमा रहँदा र गाउँघरमा आइपर्ने समस्यालाई समेत ध्यानमा राख्दै के-कस्तो सहयोग आदानप्रदान गर्न सकिन्छ भन्नेबारे छलफल भएको थियो । सोही विषयलाई मध्यनजर गर्दै भेलाले क्याप्टेन बसन्त राईको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ । समिति उपाध्यक्षमा विनायक राई, कोषाध्यक्ष हरि गिरी, इन्चार्ज चन्द्र घले, सहइन्चार्ज संगीता राई तथा सल्लाहकार सदस्य अम्बिर राई र रुद्र तामाङ रहनुभएको छ ।
समिति गठनपछि मनोरञ्जनात्मक कार्यक्रम भएको थियो । तोम्बला खेल्नुको साथै विभिन्न नेपाली चर्चित गीतहरूमा नाचगान गरेर सहभागीहरू रमाएका थिए । सबै जनाले भरपुर मनोरञ्जन गरे भने एकअर्कामा दुखसुख साटासाट पनि गरे । मध्याह्न १२ बजे सुरु भएको कार्यक्रम बेलुकी ११ बजे सम्पन्न भएको थियो ।
भेलाले कार्यक्रम तयारी गर्ने समूह चन्द्र घले, विनायक राईलगायतलाई धन्यवाद ज्ञापनसमेत गरेको थियो ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला