
लन्डन । तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोली १६औं नेपाली मेला तयारीबारे ‘ब्रिफिङ’ गर्न नेपाली दूतावास लन्डन पुगेको छ । नेपाली मेला यूके यही अगष्ट २४ आइतबार क्याम्पर्टन पार्कमा हुँदै छ ।
शुक्रबार १ अगस्टमा दूतावास पुगेको टोलीले राजदूत चन्द्रकुमार घिमिरेसहित दूतावासको टिमलाई मेलाको तयारीबारे जानकारी गराएको हो । १६ औं नेपाली संयोजक एवं तमुधिं यूके उपाध्यक्ष कमल गुरुङले मेलाको अवधारणा, कार्यक्रम तालिका, व्यवस्थापन पक्ष तथा आवश्यक समन्वयबारे जानकारी गराएका अर्का उपाध्यक्ष दिलमाया गुरुङले बताउनुभयो ।
राजदूत घिमिरेले नेपाली मेलाजस्तो कार्यक्रमलाई सफल पार्न दूतावास सधैं सकारात्मक रहेको बताउनुभयो । तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले नेपाली मेलामा लन्डन दूतावासको तर्फबाट हुँदै आएको सहयोग र सहकार्यको लागि आभार प्रकट गर्नुभयो । नेपाली मेलामा लन्डन दूतावासले हरेक वर्ष सहकार्य गर्दै आएको छ ।
छलफलमा दूतावासका उपनियोग प्रमुख बिपिन दुवाडी, सैनिक सहचारी महासेनानी अनुप शाहलगायतको उपस्थिति थियो ।
छलफलका लागि तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङ, पूर्वअध्यक्ष ज्ञाम गुरुङ, वर्तमान वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, नेपाली मेला संयोजक तथा उपाध्यक्ष कमल गुरुङ, उपाध्यक्ष दिलमाया गुरूङ, महासचिव डा विशाल गुरुङ, सचिव विमल गुरुङ, कार्यसमिति सदस्य तथा तमुधीं लन्डन ब्रान्च आमा समूह अध्यक्ष देवकला गुरुङ, तमुधीं लन्डन ब्रान्चका उपाध्यक्ष ईश्वर गुरूङ, सल्लाहकार सूर्य गुरूङलगायत दूतावास पुग्नुभएको थियो ।
यस्तै आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, निवर्तमान अध्यक्ष सन्ध्या गुरुङ, पूर्वअध्यक्ष सीता मन्जु गुरुङ, प्रेमा गुरुङ, वर्तमान उपाध्यक्ष नन्दकुमारी गुरुङ, जयन्ती गुरुङलगायत छलफलमा सहभागी हुनुभयो ।
मेलामा सांस्कृतिक झाँकी, मौलिक नाचगान, एम्बासडर कप र एनआरएनए कप प्रतियोगिता हुने छन् । विजेता टोलीलाई नगद तथा आकर्षक पुरस्कार दिइनेछ । मेलामा ६/७ वटा रेस्टुरेन्टमार्फत नेपाली खानाका परिकार, नेपाली कपडाका स्टल, गहना र अन्य सामग्रीका स्टलहरू साथै नेपाली व्यवसाय प्रवर्द्धनका स्टलहरू रहनेछन् ।
मेलामा कलाकारले प्रस्तुति दिनेछन् भने नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको विशेष उपस्थिति रहने तमुधीं यूकेले जनाएको छ । मेला बिहान १० देखि राति ८ बजेसम्म सञ्चालन हुनेछ । टिकट शुल्क ५ पाउन्ड तय गरिएको छ । तर ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिने छ ।
मेलाको नारा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ तय गरिएको छ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला