
लन्डन । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले गम्भीर बिरामी हुनुभएका संघका आजीवन सदस्य जीवन्त वाग्लेको उपचारका लागि आर्थिक सहयोगका लागि अनुरोध गरेको छ । नेजाले आजीवन सदस्य वाग्लेको सहयोगार्थ ‘गोफन्ड अभियान’ पनि सञ्चालन गरीसहयोगका लागि अनुरोध गरेको हो ।
नेजाका महासचिव ईश्वरी न्यौपानेले साउन ११ गते (जुलाई २७) बसेको सल्लाहकारसहितको बैठकले सहयोग गर्ने निर्णयबमोजिम यो अभियान सञ्चालन गरिएको बताउनुभयो । “वाग्ले ‘ब्रेन टुयुमर’को समस्याबाट ग्रस्त हुनुहुन्छ । अमेरिकास्थित क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोस्थित वालनट क्रिकको जोन म्युअर अस्पतालमा जुलाई ७ मा शल्यक्रिया गरेपछि उहाँ अहिलेसम्म सोही अस्पतालमै हुनुहुन्छ”, उहाँले भन्नुभयो ।
महासचिव न्यौपानेले भन्नुभयो, “उहाँको स्वर गुमेको छभने होस पनि पूरै नआएको तथा खानासमेत मुखबाट खान नसकेपछि पेटमा पाइपको माध्यमद्वारा झोलिलो खाना मात्र दिनु परिरहेको छ । उहाँलाई कति समयसम्म अस्पताल राख्नुपर्ने र पूर्ण स्वस्थ हुन सक्ने/नसक्नेबारे चिकित्सकले केही भन्न नसकिने बताएका छन् ।” नेजाले अभियानलाई धेरैभन्दा धेरै व्यक्तिको पहुँचमा पुर्याउन तथा आर्थिक सहयोगका लागि आग्रह गरेको हो ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे