
लन्डन । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले गम्भीर बिरामी हुनुभएका संघका आजीवन सदस्य जीवन्त वाग्लेको उपचारका लागि आर्थिक सहयोगका लागि अनुरोध गरेको छ । नेजाले आजीवन सदस्य वाग्लेको सहयोगार्थ ‘गोफन्ड अभियान’ पनि सञ्चालन गरीसहयोगका लागि अनुरोध गरेको हो ।
नेजाका महासचिव ईश्वरी न्यौपानेले साउन ११ गते (जुलाई २७) बसेको सल्लाहकारसहितको बैठकले सहयोग गर्ने निर्णयबमोजिम यो अभियान सञ्चालन गरिएको बताउनुभयो । “वाग्ले ‘ब्रेन टुयुमर’को समस्याबाट ग्रस्त हुनुहुन्छ । अमेरिकास्थित क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोस्थित वालनट क्रिकको जोन म्युअर अस्पतालमा जुलाई ७ मा शल्यक्रिया गरेपछि उहाँ अहिलेसम्म सोही अस्पतालमै हुनुहुन्छ”, उहाँले भन्नुभयो ।
महासचिव न्यौपानेले भन्नुभयो, “उहाँको स्वर गुमेको छभने होस पनि पूरै नआएको तथा खानासमेत मुखबाट खान नसकेपछि पेटमा पाइपको माध्यमद्वारा झोलिलो खाना मात्र दिनु परिरहेको छ । उहाँलाई कति समयसम्म अस्पताल राख्नुपर्ने र पूर्ण स्वस्थ हुन सक्ने/नसक्नेबारे चिकित्सकले केही भन्न नसकिने बताएका छन् ।” नेजाले अभियानलाई धेरैभन्दा धेरै व्यक्तिको पहुँचमा पुर्याउन तथा आर्थिक सहयोगका लागि आग्रह गरेको हो ।
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन