
काठमाडौँ । विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भइरहेको दक्षिण एसियाली छनोट प्रतियोगिताको पहिलो दिनको खेल सकिँदा बुधबार नेपाली पुरुष टोली शीर्ष स्थानमा रहेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपालले ३ खेल खेलेकामा सबैमा जित हासिल ग-यो । पाँच टिम सहभागी राउन्ड रोविन लिगमा नेपालले श्रीलङ्कालाई ३–० तथा माल्दिभ्सलाई ३–१ र बङ्गलादेशलाई ३–२ को सेटमा पराजित ग-यो ।
नेपालले अन्तिम दिन भोलि भारतको सामना गर्ने छ । नेपाली टोलीमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहाल छन् ।
दोस्रो स्थानमा रहेको भारतले श्रीलङ्का र बङ्गलादेशलाई समान ३–० को नतिजामा हरायो । भारतले नेपालसँगै माल्दिभ्ससँग पनि खेल्न बाँकी छ । अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा भइरहेको प्रतियोगिताको महिलामा पनि ३ खेल खेलेको नेपालले २ मा जित र १ मा हार व्यहो-यो ।
माल्दिभ्स र बङ्गलादेशलाई ३–० ले पाखा लगाएको नेपाल श्रीलङ्कासंँग २–३ ले चुक्यो । नेपाली टोलीको खेलाडीमा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेल छन् । पाँचै टिम सहभागी महिलमा पनि नेपालले भोलि भारतको सामना गर्ने छ ।
प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा भुटान र पाकिस्तान बाहेक नेपालसहित पाँच राष्ट्रका ३४ खेलाडी सहभागी छन् । भारतबाट १० तथा नेपाल, श्रीलङ्लका, बङ्गलादेश र माल्दिभ्सबाट समान ८–८ खेलाडी सहभागी छन् ।
राउन्ड रोविन लिगमा शीर्ष स्थानमा रहने पुरुष÷महिला टोली इङल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट हुनेछ्न ।
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए