
लन्डन । बेलायती प्रधानमन्त्री कीर स्टारमरले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग बुधबार फोनवार्ता गर्नुभएको छ । वार्तामा स्टार्मरले बेलायतले अर्को सेप्टेम्बरमा प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताउनुभएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुएएफए) ले स्टारर्मले अब्बासलाई फोन वार्ताको क्रममा दीर्घकालीन र दिगो शान्ति प्राप्त गर्ने बेलायतको प्रतिबद्धतालाई पुष्टि गरेको रिपोर्ट गरेको छ । वेलायती प्रधानमन्त्री स्टारर्मले संयुक्त राष्ट्रसङ्घलाई गाजा पट्टीमा नागरिकहरूलाई मानवीय सहायता प्रदान गर्न पुनः सुरु गर्न अनुमति दिने विषयलाई जोड दिनुभएको पनि बताइएको छ ।
स्टार्मरले प्यालेस्टिनी राष्ट्रपतिलाई छलफल पूरा गर्न लन्डन भ्रमणको आह्वान गर्दै राजनीतिक वार्ता र दुई राज्यविच आवाश्यक समाधानको कार्यान्वयनको लागि योजना विकास गर्न बेलायतले आफ्नो सहकार्य जारी राख्ने पनि बताउनुभएको जनाइएको छ ।
प्यालेस्टिनी राष्ट्रपति अब्बासले प्यालेस्टाइन राज्यलाई मान्यता दिने ऐतिहासिक कदमका साथै यस क्षेत्रमा शान्ति र स्थिरताका लागि सहकार्य गर्न प्रतिवद्धता जनाएकोमा बेलायती प्रधानमन्त्रीलाई धन्यवाद दिँदै साहसी कदम महत्वपूर्ण र ऐतिहासिक क्षणमा आएको बताउनु भएको छ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे