
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा उत्साहजनक मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ ।
प्रमुख आयुक्त रामशरण सिमखडाले शनिबार दिउँसो फेसबुक लाइभमार्फत निर्वाचन अपडेट सुनाउनुहुँदै उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी दिनुभएको हो । उहाँका अनुसार दिउँसो १:१५ मा १६९५ अर्थात् झन्डै ५० प्रतिशत मतदान भएको जानकारी गराउनुभयो । एनआरएनए यूकेमा भेरो भोटिङमार्फत शनिबार मध्यरात १२ बजेदेखि मतदान सुरु भएको हो । मतदान आज बेलुका १० बजेसम्म खुला रहने निर्वाचन समितिले जनाएको छ । जम्मा मतदाता संख्या ३५ सय १ रहेका छन् ।
नयाँ कार्यसमितिका लागि अध्यक्षमा तीन, दुई खुला उपाध्यक्षमा चार, स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा दुई, महासचिवमा दुई, दुई सचिवमा तीन, इंग्ल्याण्ड राज्य परिषद् अध्यक्षमा दुई र तीन आइसीसी सदस्यको लागि चार उम्मेदवार चुनावी मैदानमा छन् । अध्यक्षमा राजेन्द्र पुडासैनी, मनिष खत्री र गोविन्द खरेल प्रतिस्पर्धा गर्दैहुनुहुन्छ ।
खुला उपाध्यक्षमा डा रक्षा थापा, शम्भुप्रसाद अर्याल, उज्ज्वल कार्की र ज्ञानेन्द्र आले, महासचिवमा पुण्य रेग्मी र दिवाकर पाण्डे, सचिवमा डिएन खराल, भूपाल कार्की र कृष्ण देवकोटा, इंग्ल्याण्ड परिषद अध्यक्षमा अहिल्या कुँवर र राममाया विष्ट तथा आइसीसी सदस्यमा तुंगभद्र भुषाल, देउमान इजम, छविलाल अर्याल र विष्णु खरेल उम्मेदवार रहनुभएको छ । निर्वाचन समितिले मध्यरातसम्ममा नतिजा घोषणा गर्ने तयारी रहेको जनाएको छ ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा