
सोल । दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको मृत्यु तथा १२ जना बेपत्ता भएको सरकारले आइतबार जनाएको छ ।
गृह तथा सुरक्षा मन्त्रालयका अनुसार आइतबार भारी वर्षाका कारण घर भत्किँदा एक जनाको मृत्यु भयो भने सियोलको उत्तरपूर्वमा पर्ने गाप्योङ सहरमा खोलाले बगाएर अर्का एक जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार शनिबार भारी वर्षाले पहिरो, घर भत्किने र अकस्मात् बाढी ल्याएपछि दक्षिणी सहर सान्चेओङमा आठ जनाको मृत्यु भएको र छ जना बेपत्ता भएको रिपोर्ट गरिएको छ ।
मन्त्रालयको प्रतिवेदन अनुसार गाप्योङ र दक्षिणी सहर ग्वाङ्जुमा छ जना अझै बेपत्ता छन् ।
गत हप्ताको सुरुमा सियोलको दक्षिणमा ओसानमा भारी वर्षाका क्रममा ओभरपासको रिटेनिङ पर्खाल ढलेपछि डुबानमा परेको कारमा तीन जना मृत फेला परेका थिए । उनीहरूको कार माटो र कङ्क्रिटले पुरिएपछि कार चालकको पनि मृत्यु भएको थियो ।
स्थानीय समयानुसार आइतबार बिहान ९ बजेसम्म करिब तीन हजार आठ सय ४० मानिस आफ्नो घरबाट विस्थापित भएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । आइतबार दक्षिण कोरियाको धेरैजसो भागमा वर्षा रोकिएको छ भने देशभरि भारी वर्षाका चेतावनीहरू हटाइएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
मन्त्रालयको प्रतिवेदन अनुसार बुधबारदेखि दक्षिणी क्षेत्रहरूमा करिब छ सयदेखि आठ सय मिलिमिटर (२४ देखि ३१ इन्च) सम्म वर्षा भएको छ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे