
काठमाडौं । चलचित्र विकास बोर्डले लिम्बू भाषाको चलचित्र ‘याक्कथुङ’ र मगर भाषाको चलचित्र ‘दिलसरा’लाई‘विशेष चलचित्र पुरस्कार’ प्रदान गरेको छ ।
राष्ट्रपति कार्यालयमा सोमबार आयोजित ‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घसम्मान २०८२’ कार्यक्रममा उक्त दुई चलचित्रलाई जनही नगद राशि दुई लाख रुपैयाँ प्रदान गरिएको हो । चलचित्र पुरस्कारको निर्णायक समितिका संयोजक कलाकार रमेश बुढाथोकी र सदस्यहरू रङ्ग संयोजक करुण थापा, द्वन्द्व निर्देशक एनबी महर्जन, निर्देशक सुचित्रा श्रेष्ठ र दीपेन्द्रकुमार खनाल रहनुभएको थियो ।
कार्यक्रममा वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घसाधना सम्मान’ प्रदान गरिएको छ । निर्देशक शर्मालाई नगद राशि तीन लाख ७५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा सम्मान गर्नुभएको हो । बोर्डका अध्यक्ष डिसीले चलचित्र क्षेत्रमा निरन्तर कार्य गरिरहेकालाई प्रोत्साहन गर्न चलचित्र पुरस्कार तथा सम्मान गर्ने गरिएको बताउनुभयो ।
समारोहमा ‘विशेष योगदान सम्मान’अन्तर्गत मरणोपरान्त प्रकाश व्यवस्थापक (लाइट म्यान) स्वर्गीय श्रवण मास्केलाई नगद राशि ५० हजार रुपैयाँ सहित सम्मान गरिएको छ । उहाँको भाइ सञ्जिव मास्केले उक्त सम्मान ग्रहण गर्नुभयो । अन्य कलाकारकर्मी अभिनेता निखिल उप्रेती, सुरक्षा पन्त, उत्तम केसी, प्रेम सुब्बा, गायिका देविका बन्दना, छायाँकार दीर्घ गुरूङ, नाट्यकर्मी अनुप बराल, निर्देशक पर्शुराम चौधरी, प्रदर्शक नकिम उद्दीनलाई पनि ‘विशेष योगदान सम्मान’ मार्फत सम्मानित गरियो । स्वर्गीय माक्सेबाहेक अन्य सम्मानितलाई नगद पुस्कार भने थिएन ।
यस्तै, गत वर्ष विसं २०८१ मा प्रदर्शन भएका चलचित्रमध्येबाट नौ विधामा चलचित्रकर्मी तथा कलाकर्मीलाई नगद राशि २५ हजार रुपैयाँसहित चलचित्र पुरस्कार प्रदान गरिएको छ । समारोहमा उत्कृष्ट चलचित्र ‘शाम्बाला’, उत्कृष्ट अभिनेता विजय बराल (पूर्णबहादरको सारङ्गी), उत्कृष्ट अभिनेत्री उपासनासिंह ठकुरी (खुस्मा), उत्कृष्ट निर्देशक मिनबहादुर भाम (शाम्बाला), उत्कृष्ट सम्पादक भरत रेग्मी (पुजार सार्की), उत्कृष्ट छायाँकार पुरुषोत्तम प्रधान (पीताम्बर), उत्कृष्ट लेखक दिपकराज गिरी (छक्का पञ्जा–५), उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र ‘गालय् वन’ (नेवारी भाषा) लाई प्रदान गर्नुका साथै निर्णायक समितिमार्फत प्रदान गरिने ‘प्रोत्साहन पुरस्कार’ अभिनेता प्रदीप खड्का (पुजार सार्की) लाई प्रदान गरियो ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध