
काठमाडौं । रोल्पाका वरिष्ठ राजनीतिज्ञ, पूर्वमन्त्री बालाराम घर्तीमगरको शुक्रबार बिहान उपचारको क्रममा निधन भएको छ।
लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित रहनुभएका उहाँको निधन ललितपुरस्थित एक अस्पतालमा भएको पारिवारिक स्रोतले जनाएको छ। वि.सं. १९९४ साउन १८ गते रोल्पा जिल्लाको मिझिङ गाविस–५, उपल्लोथर गाउँमा जन्मिनुभएका घर्तीमगर झण्डै तीन दशकसम्म सक्रिय राजनीतिक जीवन बिताउनुभएको थियो ।
पञ्चायती व्यवस्थादेखि बहुदलीय प्रणालीसम्मको संक्रमणकालमा पनि उहाँले निरन्तर जनसेवामा आफूलाई समर्पित गर्नुभएको थियो । तत्कालीन राप्रपाबाट निर्वाचित हुँदै पाँच कार्यकालसम्म मन्त्री पद सम्हाल्नुभएका उहाँले उपप्रधानमन्त्री लगायतका जिम्मेवारीहरू पनि सफलतापूर्वक निर्वाह गर्नुभएको थियो।
पूर्वीय दर्शन, इतिहास, समाज र आयुर्वेदप्रति गहिरो अभिरुचि राख्नुभएका घर्तीमगरले राजयोग, मूल, हिजो, आज, भोलि, मानव अधिकार : एक चिन्तन, पुर्खाको चिनो, ऐतिहासिक घटनाक्रम–भाग १ जस्ता मूल्यवान कृतिहरू प्रकाशित गर्नुभएको थियो।
वि.सं. २०१७ मा उहाँले कांग्रेस नेता खडानन्द सुवेदीसँग मिलेर ‘गाउँ फर्क राष्ट्रिय अभियान’ सञ्चालन गर्नुभएको थियो। शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा अग्रणी भूमिका निर्वाह गर्नुभएका उहाँलाई जिल्लावासीले ‘रोल्पा विकासका पिता’को रूपमा स्मरण गर्ने गर्दछन्।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे