
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरुएनए) को २०२५–२०२७ कार्यकालको सदस्यता विवरण सार्वजनिक गरिएको छ ।
२७ जुन २०२५ सम्मको तथ्यांकअनुसार, हालसम्म कुल ५३ हजार ८४ जना सदस्यता स्वीकृत भएका छन् भने ७ हजार ६३१ नयाँ सदस्यता आवेदनहरू स्वीकृतको प्रक्रियामा रहेको एनआरएनएले जनाएको छ । जसमध्ये यूकेबाट २ हजार ७७२ जना सदस्य रहेका छन् ।
देश अनुसार सदस्य संख्या:
१ . जापान – १८,४३५ जना
२. अष्ट्रेलिया – १५,३०० जना
३. संयुक्त अधिराज्य (यूके) – २,७७२ जना
४. क्यानडा – ३,१६५ जना
५. साउदी अरेबिया – ३,१२७ जना
६. अमेरिका – २,६०१ जना
७. संयुक्त अरब इमिरेट्स (युएई) – १,५५६ जना
८. आयरल्यान्ड – १,१०६ जना
संघको क्षेत्रगत विवरण अनुसार:
क्षेत्रगत सहभागिता औसतमा
१. एशिया प्यासिफिक – ३६.०%
२. ओसिनिया – ३०.६%
३. युरोप -१२.२%
४. अमेरिका क्षेत्र – (१०.८%
५. मध्यपूर्व – ९.२%
६. अफ्रिका – १.०%
हालसम्म ५२ वटा राष्ट्रिय समन्वय परिषद् (NCC)हरू MIS प्रणालीमा आबद्ध छन् भने १४३ वटा परिषद्हरूलाई सदस्यता स्वीकृत गर्नका लागि प्रशासनिक पहुँच (admin access) प्रदान गरिएको छ । सदस्यता संकलनमा जापान लगातार शीर्ष स्थानमा रहेको देखिन्छ भने अष्ट्रेलियाको सहभागिता पनि उल्लेखनीय छ । संघले Smart NRNA मोबाइल एपमार्फत पनि सदस्यता संकलनको प्रक्रिया सजिलो बनाएको छ । आगामी दिनमा थप सदस्यता आवेदनहरूको स्वीकृति भएपछि यो संख्या अझै वृद्धि हुने अनुमान गरिएको एनआरएनएले जनाएको छ ।

बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे