
लन्डन । नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता : अवधारणादेखि व्यवहारिक प्रयोगसम्म” विषयमा भर्चुअल तालिम सम्पन्न भएको छ।
पत्रकारितामा प्रविधिको प्रभाव र प्रयोगबारे जानकारी दिन आयोजित उक्त तालिम जुन २२ तारिख आइतबारका दिन आयोजना गरिएको हो।
कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा उपस्थित डिजिटल मिडिया फाउन्डेसन नेपालका अध्यक्ष प्रवेश सुवेदीले पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ताले ल्याउँदै गरेको प्रभावबारे व्यापक जानकारी दिएका थिए। उनले सामाजिक सञ्जालले ल्याएको परिवर्तनजस्तै कृत्रिम बुद्धिमत्ताले पनि सञ्चार क्षेत्रमा ठूलो रुपान्तरण ल्याएको उल्लेख गरे। समाचार सामग्री तयार पार्दा यस्ता प्रविधिको प्रयोगले सहजता ल्याए पनि अन्तिम सम्पादन र प्रकाशनको चरणमा पत्रकारको जिम्मेवारी अझ महत्वपूर्ण हुने बताउँदै सुवेदीले अन्तिम निगरानीले त्रुटी न्यूनीकरणमा मद्दत गर्ने बताए।
तालिममा सुवेदीको प्रस्तुति पश्चात सहभागीहरूबीच प्रश्न–उत्तर सत्र पनि सम्पन्न भएको थियो ।
कार्यक्रमको अध्यक्षता शाखाकी अध्यक्ष विमला सेनेले गरेकी थिइन् भने सञ्चालन महासचिव खेमराज रानाभाटले गरेका थिए। सहभागीहरूको धारणा अनुसार तालिम ज्ञानवर्द्धक, समसामयिक र व्यवहारिक रूपमा अत्यन्त उपयोगी रह्यो।
नेपाल पत्रकार महासंघ युके शाखाले आगामी दिनमा यस्ता किसिमका सिकाइमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने