
लन्डन । नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता : अवधारणादेखि व्यवहारिक प्रयोगसम्म” विषयमा भर्चुअल तालिम सम्पन्न भएको छ।
पत्रकारितामा प्रविधिको प्रभाव र प्रयोगबारे जानकारी दिन आयोजित उक्त तालिम जुन २२ तारिख आइतबारका दिन आयोजना गरिएको हो।
कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा उपस्थित डिजिटल मिडिया फाउन्डेसन नेपालका अध्यक्ष प्रवेश सुवेदीले पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ताले ल्याउँदै गरेको प्रभावबारे व्यापक जानकारी दिएका थिए। उनले सामाजिक सञ्जालले ल्याएको परिवर्तनजस्तै कृत्रिम बुद्धिमत्ताले पनि सञ्चार क्षेत्रमा ठूलो रुपान्तरण ल्याएको उल्लेख गरे। समाचार सामग्री तयार पार्दा यस्ता प्रविधिको प्रयोगले सहजता ल्याए पनि अन्तिम सम्पादन र प्रकाशनको चरणमा पत्रकारको जिम्मेवारी अझ महत्वपूर्ण हुने बताउँदै सुवेदीले अन्तिम निगरानीले त्रुटी न्यूनीकरणमा मद्दत गर्ने बताए।
तालिममा सुवेदीको प्रस्तुति पश्चात सहभागीहरूबीच प्रश्न–उत्तर सत्र पनि सम्पन्न भएको थियो ।
कार्यक्रमको अध्यक्षता शाखाकी अध्यक्ष विमला सेनेले गरेकी थिइन् भने सञ्चालन महासचिव खेमराज रानाभाटले गरेका थिए। सहभागीहरूको धारणा अनुसार तालिम ज्ञानवर्द्धक, समसामयिक र व्यवहारिक रूपमा अत्यन्त उपयोगी रह्यो।
नेपाल पत्रकार महासंघ युके शाखाले आगामी दिनमा यस्ता किसिमका सिकाइमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद