
लन्डन, बेलायत – बेलायतमा सक्रिय खाम भाषी मगर समाज यूकेले नयाँ कार्यसमिति गठन गरेको छ। बेलायतमा खामभाषी मगर समुदायको भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरिएको हो।
नवगठित कार्यसमितिको अध्यक्षमा लिला प्रसाद पुन मगर चयन भएका छन्। उपाध्यक्षको जिम्मेवारी राष्टि रोका मगरले सम्हाल्नेछिन् भने सचिवमा कञ्चन रोका मगर चयन भएकी छन्। कोषाध्यक्षको रूपमा ईश्वरी रोका मगरले जिम्मेवारी लिने भएकी छन्।
सह-सचिवमा अमृत पुन मगर र सह-कोषाध्यक्षमा शुसिला रोका मगर रहेका छन्। कार्यसमितिमा सदस्यको रूपमा शीर बुढा मगर, अदिप रोका मगर, शिसिर बुढा मगर, बीजय पुन मगर, एक घर्ति मगर, जीत पुन मगर र सामना मगर रहेका छन्।
समाजले बेलायतमा बसोबास गर्ने खाम भाषी मगर समुदायबीच एकता, सामाजिक समरसता र सांस्कृतिक चेतना अभिवृद्धि गर्न तथा नयाँ पुस्तालाई आफ्नो पहिचानप्रति जागरुक गराउन निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। नयाँ कार्यसमितिले यही अभियानलाई थप मजबुत बनाउँदै भाषा, संस्कृति र समुदायको समुन्नत भविष्यतर्फ उन्मुख हुने प्रतिबद्धता व्यक्त गरेको छ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे