
लण्डन । बेलायतीबासी गैरआवासीय नेपालीहरूको प्रबर्धनमा स्थापित सोलार फार्म लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ ।
लिमिटेडको आयोजनास्थल तनहुँको शुक्लागण्डकी नगरपालिका बेलचौतारामा शुक्रबार सम्पन्न विशेष साधारणसभाले कम्पनीको चुक्ता पुँजी बढाउन एक शेयर बराबर शून्य दशमलब तीनतीन प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भएको साधारणसभाले गरेको निर्णयअनुसार अब कम्पनीको चुक्ता पुँजी ४५ करोडबाट ६० करोड पुग्नेछ । सो पुँजी लिमिटेडले रुपन्देही र कपिलवस्तुमा बनाउन लागेको ९० मेघावाट सौर्य उर्जा उत्पादनमा लगानी गरिने बताइएको छ ।
सोलार फार्म लिमिटेडले तनहुँको बेलचौतारामा पाँच मेघावाट सौर्ज उर्जा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद