
लन्डन । त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा नेपाल आज घरेलु टोली स्कटल्यान्डसङ पराजित भएको छ ।
स्कटल्यान्डको टिटउट रङ्गशालामा सम्पन्न अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डले नेपाललाई ३४ रनले हराएको हो । स्कटल्यान्डले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १५९ रनमा समेटियो ।
नेपालका लागि रुपेस सिंहले २२ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४३ रन जोडे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३३ बलमा १ चौका र १ छक्काको सहयोगमा ३४ रन जोडे । कप्तान रोहितकुमार पौडेल २० बलमा ४ चौकाको सहयोगमा २७ रनमा आउट भए । आसिफ शेख १४, भीम सार्की १२ तथा आरिफ शेख ५ रनमा आउट भए ।
स्कटल्याण्डका लागि क्रिस ग्रेभ्सले ३ तथा सफियान सरिफले २ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङको निर्णय गरेको स्कटल्यान्डले निरधारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ९३ रनको योगफल बनाएको थियो ।
स्कटल्यान्डका ओपनर जर्ज मुन्सेले अर्धशतकीय पारी खेले । उनले ३९ बलमा पाँच चौका र ६ छक्कासहित सर्बाधिक ७८ रन बनाए । त्यस्तै ब्रेन्डन म्याकमुलनले ३० बलमा चार चौका र एक छक्कासहित ४२ रनको योगदान गरे । यसबाहेक अलराउन्डर माइकल लिस्कले २६ र विकेटकिपर म्याथिउ क्रसले १७ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए भने रुपेश सिंह, सन्दीप लामिछाने र ललित राजवंशीले समान एक एक विकेट हात पारे । यस जित सङै स्कटल्याण्ड ४ खेलमा २ मा हार र २ मा जितका साथ शीर्ष स्थानमा रहँदै सिरिजको उपाधी जित्यो । पराजित नेपाल समान खेलमा २ मा जित र २ मा हारका साथ अङ्क तालिकाको दोस्रो स्थानमा रह्यो । समान अङ्क रहे पनि रनरेटमा पछि रहेर नेपाल दोस्रो स्थानमा रहन पुगेको हो ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ