
लन्डन । नेकपा एमाले महासचिव शंकर पोखरेलले बेलायतको नेपाली डायस्पोरालाई नेपालको समृद्धिमा सहभागी हुन अपिल गर्नुभएको छ ।
पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका पोखरेलको सम्मानमा नेपाली दूतावास लन्डनले मंगलबार साँझ आयोजना गरेको रिसेप्सनमा उहाँले नेपालमा लगानी लैजान आग्रह गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका उहाँले नेपालमा नयाँ व्यवस्था गणतन्त्रले हरेक मानिसको जीवनमा परिवर्तन ल्याए पनि उनीहरु त्यसलाई अभिव्यक्त गर्न हिच्किचाइरहेका दाबी गर्नुभयो ।
‘पञ्चायतकालसम्म सडक सञ्जाल जम्मा ८ हजार किलोमिटर थियो, अहिले एक लाख १० हजार किमि पुगेको छ । केन्द्र सरकारले बनाएको सडक सञ्जाल जम्मा ४३ हजार किमि छ । ६७ हजार किमि सडक प्रदेश र स्थानीय तहले बनाएका छन् । लोकतन्त्र, संघीयताले के दियो भन्ने जवाफ त यसले दिन्छ होला नि ?’
राजनीतिक अस्थिरताले देश विकास हुन नसक्ने भन्नुहुँदै उहाँले अहिले देश समृद्धितिर अगाडि बढिरहेको बताउनुभयो । उहाँले दक्षिण एसियामा जलविद्युत् आयोजना सुरु गर्ने पहिलो मुलुक नेपाल भएको स्मरण गर्नुभयो ।
‘पञ्चायतको अन्तिम समयसम्म बिजुली प्रयोग गर्ने संख्या ८ प्रतिशतमात्र र बिजुली उत्पादन जम्मा अढाइ सय मेगावाटमात्र थियो । अहिले बिजुली प्रयोग गर्ने जनसंख्या ९९ प्रतिशत छ र नेशनल ग्रीडमा झण्डै ३५ सय मेगावाट बिजुली जोडिएको छ,’ उहाँले भन्नुभयो, ‘अब हामी एक वर्षमा हजार मेगावाट बिजुली उत्पादन गर्ने सामर्थका साथ काम गरिरहेका छौं ।’
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले देश विकासमा डायस्पोराको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, पेशा, व्यवसायमा आवद्ध व्यक्तित्व र राजनीतिक कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता थियो ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन