
काठमाडौँ । त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाअन्र्गत आज भएको खेलमा घरेलु टोली स्कटल्यान्डले नेपाललाई जितका लागि ९८ रनको लक्ष्य दिएको छ ।
स्कटल्यान्डको टिटउट रङ्गशालामा जारी खेलमा स्कटल्यान्डले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनायो । स्कटल्यान्डका लागि माइकल लिस्कले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ४६ बल खेल्ने क्रममा चार चौका र एक छक्का हाने । त्यसैगरी कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाए ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार, करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । केसीले यही खेलमार्फत टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे । करण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन् । यसअघि सन्दीप लामिछानेले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा नेपालबाट १०० विकेट लिएका थिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ