
वासिङ्टन । दोस्रो कार्यकाल एक्लै काम गर्नमा केन्द्रित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले इरानमाथि आक्रमण गरेपछिको सङ्कट मोडमा जी–७ मा पुनरागमन गर्नुभएको छ ।
आइतबार क्यानाडाको रकी पहाडको सहर कानानास्किसमा सुरु हुने जी–७ शिखर सम्मेलन ट्रम्पको दोस्रो कार्यकालको पहिलो प्रमुख विश्वव्यापी भेला हो, जसमा उहाँले कूटनीतिक मापदण्डहरू तोड्न अझ कठोर हुनभएको छ ।
विवादबाट बच्न खोज्दै क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले महत्त्वपूर्ण खनिजहरूका लागि विश्वव्यापी आपूर्ति शृङ्खला निर्माण जस्ता मुख्यतया विवादरहित विषयहरूमा एजेन्डा तय गर्नुभएको थियो । इजरायलले शुक्रबार इरानविरुद्ध ठूलो सैन्य अभियान सुरु गरेको छ र उसले आफ्नो विरोधीको विवादित आणविक कार्यक्रमका विरुद्ध पूर्व–कारबाही गरिरहेको बताएकाले त्यो एजेन्डा अब उल्टिन सक्छ ।
ट्रम्प प्रशासनले गाजामा इजरायली आक्रमणको आलोचना गर्ने नजिकका सहयोगीहरूलाई पनि लक्षित गर्दै संयुक्त राज्य अमेरिकालाई इजरायलसँग नजिकबाट जोडेको छ । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पलाई खुलेर अवहेलना गर्नुभयो । ट्रम्पले केही घण्टाअघि कूटनीतिक समाधानका लागि आह्वान गर्नुभएको थियो र उहाँका मित्र एवं दूत स्टिभ विटकफले आइतबार इरानसँग नयाँ वार्ता गर्ने हुनुभएको थियो ।
एक वरिष्ठ क्यानाडाली अधिकारीले त्यस समयका मुद्दाहरूमा संयुक्त विज्ञप्ति जारी गर्न जी–७ मा सहमतिमा पुग्ने कुनै प्रयास नहुने र यसको सट्टा नेताहरूलाई ‘छोटो, कार्य–उन्मुख बयानहरू’ लाई समर्थन गर्न आग्रह गरिने बताउनुभयो ।
पछिल्लो पटक ट्रम्पले सन् २०१८ मा क्यानाडामा जी–७ शिखर सम्मेलनमा भाग लिनुभएको थियो । उहाँ चाँडै बाहिर निस्कनुभयो र सामाजिक सञ्जालमा संयुक्त राज्य अमेरिकालाई बयानबाट अलग गर्न र तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ‘बेइमान र कमजोर’ भनेर ब्रान्डिङ गर्नुभयो ।
खराब रक्त कहिल्यै अन्त्य भएन र पदमा फर्किएपछि ट्रम्पले ठट्टा गर्दै क्यानाडा अमेरिकाको ५१औँ राज्य हुनुपर्छ भन्नुभयो । ट्रुडोले मार्चमा प्रधानमन्त्री पद पूर्व केन्द्रीय बैंकर कार्नीलाई हस्तान्तरण गर्नुभयो । ट्रुडोले ह्वाइट हाउसमा ट्रम्पलाई क्यानाडा ‘कहिल्यै बिक्रीका लागि नभएको’ दृढतापूर्वक बताउनुभयो । यसको सट्टा कार्नीले आफ्नो विश्लेषणात्मक कौशल र क्षमताका माध्यमबाट ट्रम्पसँग मेलमिलाप गर्नुभएको उहाँले बताउनुभयो ।
ट्रम्पको कानानास्किसमा शान्ति कायम राख्ने प्रोत्साहन पनि छ । संयुक्त राज्य अमेरिकाले सन् २०२७ मा जी–७ को नेतृत्व गर्नेछ ।
प्रमुख औद्योगिक लोकतन्त्रहरूको जी–७ क्लब –– बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिका –– सन् १९७० को दशकमा आर्थिक नीति समन्वयका लागि गठन भएको थियो र विश्वका केही सुरक्षा हटस्पटहरूलाई सम्बोधन गर्न यसको दायरा बढेको थियो ।
ह्वाइट हाउसमा फर्केदेखि ट्रम्पले भन्सार महसुल लगाएर विश्वव्यापी आर्थिक प्रणालीलाई उल्ट्याउनुभएको छ र युक्रेनको विषयमा रुससँग वार्ता गर्न खोज्नुभएको छ । युक्रेन मुद्दा क्यानाडामा हुने जी–७ शिखर सम्मेलनको एक हप्तापछि द हेगमा नाटो शिखर सम्मेलनमा जाँदा पनि प्रमुख रूपमा देखा पर्नेछ ।
यदि सहयोगीहरूले उहाँलाई नरम बनाउन खोजे भने अमेरिकी राष्ट्रपतिले कानानास्किसमा प्रतिरोध गर्ने अपेक्षा गर्न सकिने एटलान्टिक काउन्सिलका वरिष्ठ फेलो राचेल रिजोले बताउनुभयो ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा