
लन्डन । स्याङ्जा समाज युकेको वार्षिक भेटघाट तथा समर बीबीक्यू कार्यक्रम सम्पन्न भएको छ । ८ जून २०२५ मा फानबोरोस्थित ग्रेन्ज स्कुलको प्राङ्गणमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित समाजको भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालबाट आउनुभएका लोकदोहोरी गायिका सबिना गुरुङ, गायक बिमल परियार र मोडल तथा नृत्यकार रिना थापाको प्रस्तुतिमा रहेको समाजका उपाध्यक्ष एवं कार्यक्रम संयोजक भक्त दर्जीले जानकारी दिनुभयो ।

स्याङ्जा समाज युकेका संस्थापक अध्यक्ष तथा ट्र्स्टिज, सल्लाहकार, कार्यसमिति, आमा समूह लगायतका सदस्यहरुले भरपूर मनोरन्जन लिएको बताएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि ले. कर्णेल रिटायर्ड टोल खाम्चा र विशिष्ट अतिथि, संस्थाको स्थापना कालदेखि नेपालमा रहेर पनि बेलायतसँग दोहोरो भूमिका निर्वाह गर्ने व्यक्तित्व मेजर रिटायर्ड लक्ष्मिप्रसाद गुरुङलाईलाई उहाँहरुले संस्थालाई दिएको महत्त्वपूर्ण योगदानको कदरस्वरुप खादा, फेटा तथा प्रमाणपत्रले अभिनन्दन गरिएको थियो ।
अन्य सदस्यहरु जो अन्य संघ संस्थामा अध्यक्ष पद सम्हालेका एनआरएनए युकेका प्रमुख संरक्षक स्याङ्जा समाज युकेका प्रमुख सल्लाहकार डेभिड गुरुङ, एनआरएनएका आईसीसी संरक्षक थर्क सेनलगायतलाई पनि फेटा तथा उहाँहरुका श्रीमतीहरुलाई दोसल्ला र पुष्पगुच्छासहित अध्यक्ष भरत गुरुङ र प्रमुख अतिथि ले कर्णेल रिटार्यड खाम्चाले सम्मान गर्नुभएको थियो ।
त्यस अवसरमा नयाँ सदस्यहरुलाई पनि स्वागत गरिएको थियो ।कार्यक्रममा विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, स्याङ्जा समाज यूकेका पदाधिकारी तथा सदस्यलगायतको बाक्लो उपस्थिति थियो ।
अध्यक्ष गुरुङले उपस्थित सबै र कार्यक्रम सफल पार्न अहोरात्र खटिनुहुने संयोजक र टिम, महिला अध्यक्ष हुमकुमारी गुरुङसहित टिम, म्युजिक सिस्टम, कलाकार, पत्रकार, विभिन्न गाउँले समाज, डेकोरेसनका टिम, खानाको प्रबन्धक, स्पोन्सर गर्नुहुने सबै, राफल ड्र पुरस्कार प्रायोजकहरु सबैलाई धन्यवाद दिनुभएको थियो ।
औपचारिक कार्यक्रममा संस्थापक अध्यक्ष शारदा गुरुङलगायत विभिन्न व्यक्तिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
महासचिव रामराज शर्माले औपचारिक कार्यक्रम र सांस्कृतिक कार्यक्रम जुनु विश्वकर्माले सन्चालन गर्नुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा