
काठमाडौं । चलचित्र ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्ध हुनुभएको छ । भेट्रान अभिनेता दयाहाङ राईपछि अभिनेता प्रकाशलाई यो सिनेमामा अनुबन्धित गराएको हो ।
प्रकाश अहिलेका रुचाइएका कलाकार हुनुहुन्छ । चलचित्र ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएको हो । अन्य कलाकारबारे हालसम्म यो टिमले जानकारी दिएको छैन । “हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ । केहीसँग कुरा भइरहेको छ,” निर्देशक यम शेर्पाले भन्नुभयो, “हामी अहिले बजारले रुचाएका र अभिनयमा पक्कड भएका कलाकारलाई नै लिएर काम गर्नेछौँ ।”
प्रकाश यो सिनेमामा अभिनेताका रूपमा मात्रै रहनेछन् वा सांगीतिक पाटोमा पनि जोडिनेछन् भन्नेबारे पछि स्पष्ट पार्ने यमले बताउनुभयो ।
चलचित्र राम्रो बनाउन कुनै सम्झौता नगर्ने उनले दोहोर्याए । ‘मिरमिरे’ यमको दोस्रो निर्देशन हो । चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक यमले ‘मिरमिरे’को कलाकार लाइनअप बलियो हुने बताउनुभयो । प्राविधिकपक्ष पनि सिनेमाको बलियो हुने उहाँको भनाइ छ ।
अभिनेता प्रकाश सपूतले ‘मिरमिरे’मा जोडिन पाउँदा खुशी व्यक्त गर्नुभयो । आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै उहाँले यस सिनेमाले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गर्नुभएको छ ।
यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिनुभएको छ । चलचित्रको निर्देशनसँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेख्नुभएको छ ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ हुनुहुन्छ । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहनुभएको छ ।
‘मिरमिरे’लाई २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा