
काठमाडौँ । म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणअन्तर्गत विशिष्ट गीतकार यादव खरेललाई म्युजिक खबर दीर्घ साधना सम्मान–२०८१ अर्पण गरिएको छ । सयौँ गीत लेख्नुभएका गीतकार खरेलका गैरी खेतको शीरै हान्यो, चैतमास खडेरीमा डढेलोले वनै खायो, यस्तो पनि हुँदो रैछ, नौ सय खोला तरेर जाने, उडुँ कि गुडुँ मलगायतका गीतहरू कालजयी छन् ।
उहाँले चलचित्र नासो, प्रेमपिण्ड, श्रीस्वस्थानी, नासो, लोभीपापी, आदिकवि भानुभक्तलगायतको निर्माण तथा निर्देशन गर्नुभएको छभने चलचित्र विकास बोर्डको पहिलो अध्यक्षसमेत हुनुहुन्छ । गीतकार खरेललाई ५१ हजार रुपैयाँ नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरिएको जानकारी कार्यक्रम संयोजक सविता पोखरेलले बताउनुभयो ।
यस वर्षको म्युजिक खबर रजत सङ्गीत सम्मान–२०८१ गायक तिलकसिंह पेलालाई अर्पण गरिएको थियो भने यस्तै यस वर्षको म्युजिक खबर दशक सङ्गीत सम्मान गायक खुमन अधिकारी र गायिका जुनु रिजाल काफ्लेलाई प्रदान गरिएको थियो । यस वर्षको म्युजिक खबर युवा सङ्गीत सम्मान गायिका मीना लामालाई अर्पण गरिएको छ । त्यसैगरी यस वर्षको म्युजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार रङ्गपत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहले प्राप्त गर्नुभएको छ । उहाँहरू दुवै जनालाई पाँच हजार ५५५ नगद राशिसहित पुरस्कार प्रदान गरिएको थियो । नागरिक उडड्यन तथा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
त्यसैगरी यस वर्षको बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका पूजा देवकोटालाई दिइएको थियो । म्युजिक खबर डायस्पोरा सङ्गीत सम्मान गीतकार डा रमिल अधिकारीलाई प्रदान गरिएको छ । यस वर्ष सङ्गीत क्षेत्रमा व्यावसायिक रूपमा क्रियाशील विमल शाहले म्युजिक खबर सङ्गीत व्यवसायी सम्मान पाउनुभएको छ ।
अन्य विभिन्न विधागत गीत सङ्गीका गायक, गायिका, मोडल तथा सङ्गीतकर्मीहरूलाई विधागत अवार्ड पनि प्रदान गरीएको थियो ।
‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित हुनुभएको छ । फोटो पत्रकारिताका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आउनुभएका वन्त राष्ट्रिय समाचार समिति (रासस)मा आबद्ध हुनुहुन्छ । हाल उहाँ फोटो पत्रकारहरूको संस्था एनएपीजेका अध्यक्षसमेत हुनुहुन्छ ।
म्युजिक खबर म्युजिक अवार्ड कार्यक्रमका निर्देशक वरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रियले विगत १२ वर्षदेखि यस्तो कार्यक्रम गरिँदै आएको जानकारी दिनुभयो ।
सुमन पण्डित अध्यक्ष रहेको अवार्ड कार्यक्रममा वरिष्ठ कलाकार, निर्देशक, हाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, वरिष्ठ गायक, सङ्गीतकार नारायण रायमाझी, वरिष्ठ कलाकार एवं निर्देशक हाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ गायिका देविका बन्दनालगायतको उपस्थिति थियो ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने