
लन्डन । सामुदायिक वेबसाइट नेपालयूके डटकम (Nepaluk.com)को प्रकाशन फेरि सुरु भएको छ । बेलायतमा रहेका नेपालीहरूलाई सुसूचित गर्ने र जोड्ने उद्देश्यले २० वर्ष पहिले सुरु गरिएको उक्त प्लेटफर्म लामो समय निष्क्रिय रहेको थियो ।
Nepaluk.com शुक्रबार (६ जुन २०२५) देखि औपचारिक रूपमा फेरि सञ्चालनमा ल्याइएको हो । ‘बेलायतमा बसोबास गर्ने नेपाली विद्यार्थी, परिवार र पेशाकर्मीहरुको बढ्दो संख्यालाई ध्यानमा राखी एक भरपर्दो र प्रयोगकर्तामैत्री सूचना मंचको आवश्यकता लामो समयदेखि महसुस भइरहेको बेला Nepaluk.com अब अझ बलियो, विस्तारित र उद्देश्यपूर्ण रूपमा पुनः सञ्चालनमा आएको हो,’ नेपालयुके डटकममा संस्थापक तथा संचालक कृष्ण भट्टले भने । आजको यो पुनः शुभारम्भले लामो समयदेखिको एक महत्वपूर्ण अभावलाई पूरा गर्ने उनले विश्वास व्यक्त गरे ।
बेलायतमा बसोबास गरिरहेका वा नेपालबाट आउन तयारी गरिरहेका नेपालीहरूका लागि विश्वसनीय जानकारी, व्यावहारिक सहयोग र समुदायको महसुस हुने गरी सूचना र जानकारी एकै थलोबाट उपलब्ध गराउन Nepaluk.com ले पुलको काम गर्ने उनले बताए । ‘अब यहाँ कसैले पनि एक्लो महसुस गर्नु पर्दैन, प्रश्न सोध्न, सहयोग खोज्न, वा समुदायसँग जोडिन सकिने छ,’ उनले भने ।
Nepaluk.com मा आवाससम्बन्धी विवरण, संस्थागत डायरेक्टरी, दूतावास सम्पर्क, समाचार र कार्यक्रमहरूको सूचना, सबै एकै ठाउँमा उपलब्ध छन् । यस्तै बेलायतका विश्वविद्यालय र कलेजहरूको सूची,नेपाली परिवारहरूले उपलब्ध गराएका आवासहरूको विवरण,नेपाली व्यवसायहरूमा रोजगारीको अवसर,कानुनी सल्लाह, भिसा मार्गदर्शन र शैक्षिक सहयोग सम्बन्धी, स्वास्थ्य सामग्रीलगायत जानकारी उपलब्ध हुनेछन् ।
यसबाहेक बेलायतमा रहेका भूतपूर्व गोर्खा, तिनका परिवार तथा नेपाली समुदायका प्रेरणादायी कथा र समाचारहरू, सामुदायिक कार्यक्रम र सांस्कृतिक पर्वहरूको जानकारी साथै आफ्ना सेवाहरू प्रचार गर्ने, व्यवसाय प्रवर्द्धन गर्ने र अवसर बाँड्ने स्थानको रुपमा पनि उक्त पोर्टल रहने जनाइएको छ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन